बन्दमा खुल्ला अन्तरक्रिया… (सन्दर्भः वि.सं. २०७१/१०/०६)

आज नेपाल बन्दको सन्दर्भ चलिरहेको बेला हामी तीन जना बीच भने खुल्ला अन्तरक्रियाको वातावरण तयार थियो । अस्ट्रेलियन साथीको साथमा म तीर्थ निरौला सरको घरमा पुगेको थिए । विभिन्न समसामायिक विषयहरुमा चर्चा गर्ने क्रममा धुम्रपानको विषयमा पनि चर्चा परिचर्चा भयो । तीर्थ सरले सन्दर्भको रुपमा कक्षा ११/१२ पढ्न सुरु गरेका युवा समूहको धुम्रपान मोहको विषयलाई उठान गर्नु भएको थियो । यो विषयलाई अगाडि ठेल्दै जोनले युवा मात्रै नभएर नेपालका ग्रामिण भेगमा बसोबास गर्ने महिलाहरु पनि धुम्रपान गर्ने गरेको तथ्यलाई उजागर गरे । उनका अनुसार उनीहरुमा धुम्रपान गर्नुको मूख्य उद्देश्य भनेको शरिरमा उर्जा थप्नु हो । किनकी उनीहरुले पर्याप्त पौष्टिक आहारा भएको खानेकुरा खान पाउदैनन् । जसका कारण काम गर्दा चाडो थाक्ने गर्दछन् । शरिरमा तुरुन्त स्फूर्ति ल्याउने सजिलो उपाय भनेको त्यै कंकट÷चुरोट हुने गर्दछ । साथै उनका अनुसार बजारमा पाइने रेडिमेट चुरोट भन्दा कंकट वा घरमा नै तयार गरिने चुरोट कम हानीकारक हुन्छन् । यसमा कम टक्सिक हुने गर्दछ । त्यस्तै उनले प्रस्तुत गरेको तथ्य अनुसार धुम्रपान गर्नेको बारेमा नगर्ने मानिसले कहिले पनि बुझ्न सक्दैनन् । सायद, त्यसैले होला धुम्रापन गर्नेहरु बीच चाडै मित्रता हुन्छ । साथै उसले राखेको तथ्य अनुसार, धुम्रपानले एक प्रकारको शक्ति दिने गर्दछ जसले मस्तिष्कमा हुने तनाव वा दवावलाई कम गर्दछ । जसले गर्दा मानसिक तनाव तथा अन्य मानसिक समस्यहरुलाई कम गर्न मद्दत मिल्दछ । तीर्थ सरले पनि यो तथ्यलाई समर्थन गर्दै, धुम्रपान गर्ने व्यक्तिहरुको मस्तिष्क केही तेज हुने अनुभाव साट्नु भयो । तर यहाँ धुम्रपानको वकालत गर्न भने खोजिएको होइन् । धुम्रपानको कुनै बेफाइदा छैन र यो सेवन गर्नु राम्रो हो पनि भन्न खोजिएको हैन् । तर एक जना धुम्रपान गर्ने व्यक्तिले धुम्रपानको विषयमा गरेको सकारात्मक टिपणीलाई मात्र प्रस्तुत गरिएको हो ।
त्यस्तै हाम्रो अर्को चर्चा भने नेपालको राजनैतिक परिस्थिति थियो । संविधान निर्माण, राजनैतिक स्थिरता, भ्रष्टचार, आर्थिक समानता आदि विषयमा छलफल भयो । यस क्रममा पनि जोनले राखेको अर्को महत्वपूर्ण तथ्यको विषयमा म जहिले पनि सोच्ने गर्दछु । त्यो हो हाम्रा कथित टाउके नेताहरुलाई सार्वजनिक स्थानमा गोली हान्ने अनी भ्रष्ट नेत्ताहरुलाई १५/२० वर्षको लागि जेल हाल्ने । यसले देशको राजनीति सुधार्न र भ्रष्टचार कम गरी आर्थिक समानता कायम गर्न मद्दत मिल्नेछ । यहीले नेपालमा राजनीतिलाई कमाई खाने भाडोको रुपमा विकास भई रहेको परिस्थितिमा यो कार्य गर्नु जरुरी छ । भनिन्छ नी लातको भुत्त बातले मान्दैन । यो उखान हाम्रा टाउके नेताहरुमा पनि लागु हुन्छ ।
त्यस्तै अर्को विषय भने शाकाहारी तथा मांशहारी भोजनको विषयमा भएको थियो । यस पनि शाकाहारी तथा मांशहारी दुबैको सकारतात्मक र नकारात्मक पक्षको विषयमा छलफल भयो । जोनले मांशहारी पक्षमा जोड दिए पनि म भने शहाकारीको पक्षमा नै जोड दिन चाहान्छु । यस विषयमा मेरा केही व्यक्तिगत तर्क छन् । हुन सक्छन् यी तर्कहरु सबै सही नहुन पनि सक्छ । मेरो पहिलो तर्क हो, मांशहारीको प्रयोजनको लागि पालिने जनाबारले मासिनले खाने अन्न र पानीको करिब ५० प्रतिशत हिस्सा प्रयोग गर्ने गर्दछन् । त्यस्तै विश्वमा धेरै मानिसहरु एक छाक राम्ररी खान नपाएको अवस्था छ । यस्तो अवस्थामा उक्त जनवारले खाने अन्नको हिस्सालाई खान नपाएको मानिस सम्म पु¥याउन आवश्यक देखिन्छ । त्यस्तै, पृथ्वीमा करिब १ प्रतिशत मात्र पानी पिउन योग्य छ । यसमा पनि घरपालुवा जनावरलाई आधा भन्दा बढि हिस्सा दिनु पर्ने हुन्छ । यसले पनि पानीमा हाम्रो समानुपातिक वितरणलाई कम गरेको देखिन्छ । त्यस्तै अर्को तथ्य भनेको हाम्रो शारिरिक बनावट, मानिसको शारिरिक बनावट घास खाने विभिन्न जनाबरहरुसँग मिल्दछ । त्यस्तै मानिसको आन्दा पनि अन्य मांसहारी जनावरको भन्दा लामो हुन्छ । जसले गर्दा खाएको खाना पचेर बाहिर आउन समय बढि लाग्ने भएको ले मांसहारी खाना खादा त्यसले ज्यदा मात्रामा कक्सिक उत्पादन तथा नकारात्मक असर गर्दछ । त्यस्तै, मांसहारी खाद्य खानालाई पचाउन नि अनावशयक रुपमा बढि शक्ति खर्च गरि रहनु पर्ने हुन्छ । त्यस्तै विभिन्न विद्धानहरुले यसलाई मानसिक पक्षसँग पनि जोड्ने गरेको पाइन्छ । उनीहरुका अनुसार मांशहारीमा मानिसकमा रिस, आवेग र हिंसात्मक प्रबृति बढी देखिन्छ । तर पनि शाकाहारी भोजनको तुलनामा मांशहारी भोेजनबाट चोडो र बढी मात्रमा शरिरलाई आवश्यक पर्ने प्रोटिन लगायतका विभिन्न तत्वहरु पनि प्राप्त हुने गर्दछ ।
बाटोमा जादा जोन र म बीच हरितनगर अभियन र यसको कार्यन्वयनको विषयमा पनि छलफल भएको थियो । उसले इलाम पनि जथाभावी घर निर्माण र वन विनास तथा तिव्र सहरीकरणले दार्जिलिङ जस्तै हुन लाग्यो भनेर दुखेसो पोख्यो । इलाममा बढ्दो बसाई सराई दर र अव्यस्थित सहरीकरणले दीर्घकालिन असर पार्ने प्रष्ट देखिन्छ । यसलाई व्यवस्थापन र न्यूनिकरण गर्न नगरपालिका तथा स्थानीय निकायहरुले कुनै प्रयास गरेको देखिदैन् । त्यस्तै हरित नगरको रणनीतिको विषयमा पनि हामी बीच छलफल भएको थियो । यस विषयमा चर्चा गर्दा कुकुरको प्रसंग पनि आएको थियो । जोनले कुकुरको वर्गिकरण गरी अहिले दुःख दिदै आएको कुकुरलाई अल्फा डग (कुकुर) हो र यस्ता कुकुरलाई हाम्रो देशमा मारिन्छ भन्ने विचार राख्यो । प्राय कुकुरहरु मानिससँग डराउने भए पनि अल्फा डगहरुको मनस्थिति नै फरक हुने र उनीहरुमा डर नहुने भएको ले यसले सबैलाई असर पार्दछ । त्यस्तै इलाम नगरपालिकाले तयार पारेको हरितनगर रणनीतिमा पनि बाटामा छाडा छोडिएको जनावरलाई नियन्त्रण गरी अन्यत्र लाने नीति भए पनि नगरपालिकाले उक्त कुकुरको समस्यालाई किन हल गर्न नसकेको भन्ने विषयमा पनि केहि समय छलफल भयो । यसै सन्दर्भमा नेपालमा अन्य देशहरुमा भन्दा बढि नियम–कानुन भए पनि कार्यन्वयन नहुनु यहाँको समस्या र कमजोरी हो भन्ने निष्कर्षमा पुगियो ।
पानी, इस्कुस आदिको विषयमा चर्चा परिचर्चा गर्दै मिठो खाजासँग खुल्ला बहसलाई अन्त्य गरियो । उक्त बहसमा इस्कुसको अंग्रेजी नाम थाहा पाउन सफल भइयो । अस्ट्रेलियनहरु यसलाई friendship-circle-clip-art भन्दा रहेछन् । विकिपिडियामा खोज्दा, इस्कुसको अंग्रेजी नाम चयोते (Chayote) रहेछ । यो प्राय सबै देशहरुमा पाइदो रहेछ । यो कम प्रोटिन र फ्याट भएको बहुउपयोगी सब्जीको एक प्रकार रहेछ ।
मिठो खाजाको लागि तीर्थ सर तथा परिवारलाई धन्यवाद ।

इलाम नगरपालिकाको फोहोर व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र समाधान

परिचयः

सभ्य समाज सधंै सफा रहन्छ । आफ्नो टोल/सहर सफा राख्न सकियो वा सफा देखियो भने बाहिरबाट आउनु हुने पाहुनाहरुले पनि मुक्तकण्ठले प्रशंसा गर्दछन् । अगिलो वर्ष नेपालकै दोश्रो सफा सहरको रुपमा परिचय बनाएको हाम्रो सहरको वर्तमान अवस्था दुःखदायी छ । प्लाष्टिक मुक्त सहर र हरित नगर अभियानाले चिनिएको यो नगरलाई हेर्र्न आउनुहुने पाहुनाहरुले अहिले हामीलाई गिज्याउन थालि सकेका छन् । उनीहरुको अगाडि शिर नियुराउनु पर्ने अवस्था आई सकेको छ । प्लाष्टिक मुक्त तथा हरित नगरको बारेमा प्रशंसा बटुल्दा बटुल्दै फोहोर व्यवस्थापन र हरित नगर अभियानबाट चिप्लिएको  नगरपालिका तथा हामी नगरबासीले पत्तै पाएनौं । हाल इलाम नगरपालिका भित्र जथाभावी फोहोर मैला थुप्रिएको देख्न पाइन्छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, राजमार्ग र सडक मिचेर जथाभावी निर्माण गरिदै आएको भौतिक संरचना आदिले इलामको फोहोर व्यवस्थापनमा समस्या देखा पर्दै आएको देखिन्छ ।

सामान्यतयाः दैनिक जीवनयापनका क्रममा उत्पादित तत्काल काम नलाग्ने बस्तु वा पदार्थलाई फोहोर भनिन्छ । फोहोरको प्रकृतिका आधारमा फोहोरलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ । सामान्यतयाः फोहोरलाई २ भागमा विभाजन गर्न सकिन्छ जस्तैः १.कुहिने फोहोर  र २. नकुहिने फोहोर । नकुहिने फोहोरलाई पनि विभिन्न भागमा विभाजन गर्न सकिन्छ जस्तैः प्लाष्टिकजन्य, धातुजन्य, ल्याण्डफिल्डजन्य आदि । ठोस फोहोर व्यवस्थापन प्रारम्भिक (वेसलाइन) अध्ययन प्रतिवेदन २०१२ को अनुसार, इलाम नगरपालिका भित्र दैनिक करिब ७.६ टन फोहोर उत्पादन हुने गर्दछ । जस मध्ये इलाम नगरपालिकाले  नगरका सिमित क्षेत्रबाट ३.९ टन फोहोर मात्र संकलन र व्यवस्थापन गर्दछ । यो कुल फोहोर उत्पादनको ५१ प्रतिशत हुन आउँदछ ।  नगर क्षेत्रमा उत्पादन हुने फोहारमा करिब ५७ प्रतिशत प्रांगरिक (कुहिने) फोहोर, १५ प्रतिशत कागज र ९ प्रतिशत प्लाष्टिकजन्य फोहोर रहने गर्दछ । त्यस्तै, प्रतिवेदनका अनुसार प्रतिव्यक्ति दैनिक ०.२०१ के.जी .फोहोर उत्पादन हुने गर्दछ । साथै नगर क्षेत्रबाट निजि क्षेत्र वा पुराना सामाग्री संकलकहरुबाट दैनिक करिब १३३.४ के.जी  संकलन गर्ने गर्दछन् भने नगरपालिकका फोहोर व्यवस्थापक कर्मचारीहरुले दैनिक करिब ५५ के.जी. फोहोर संकलन गरी बिक्री गर्दछन् ।

त्यस्तै प्रतिवेदनका अनुसार, इलाम नगरपालिकाले आर्थिक वर्ष २०६८/६९मा ने.रु. २९,१६३१८.६० रकम   फोहोर संकलन र व्यवस्थापनमा खर्च गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०६७/६८मा ने.रु. २९,१९,८३४.६१ रकम फोहोर संकलन र व्यवस्थापनमा खर्च गरेको देखिन्छ ।

हाल नगर भित्रको विभिन्न भागमा जथाभावी फोहोर थुपार्ने र फ्याक्ने कार्य बढि रहेको छ । उदाहरणको लागि इलाम अस्पताल मुनि सिंहबाहिनी खोल्सा, कृषि विकास वैंक छेउको खेल्सा, ने.क.पा.एमालेको पाटी कार्यालय मुनिको खुल्ला स्थान आदिलाई लिन सकिन्छ, त्यहाँ जथाभावी फोहोर फ्यााक्ने गरिएको देखिन्छ । आफ्नो घर आगन सफा राखेर खोल्सा तथा सार्वजनिक स्थानमा फोहोर फ्याक्नु इलाम नगरबारीको संस्कार र सभ्यता हो? त्यस्तै इलाम नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भई सकेको  छ तर पनि इलाम नगरपलिकाले निर्माण गरेको पशुहाट बजारको सार्वजनिक शौचालयको सेप्टी ट्यांकको मुख हालसम्म पनि बन्द गरिएको छैन । हाटको दिन उक्त बाटो हिड्न नै नसकिने हुन्छ । यस विषयमा पटक–पटक इलाम नगरपालिकालाई मौखिक जानकारी जानकारी गराउँद पनि कुनै प्रगति भएको छैन् । के यो नै हो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान, कार्यालयले जे गरे पनि हुने नगरबासीले मात्रै अनियवार्य चर्पी निर्माण गर्नु पर्ने? साथै इलामको एक मात्र पेट्रोल पम्प जहाँ सार्वजनिक शौचालय नै छैनन् । स्तम्भकारको सामान्य जानकारीमा  पेट्रोल पम्प सञ्चालकले अनिवार्य सार्वजनिक शौचालय निर्माण गर्नु पर्दछ, यो उसको दायित्व हो । सार्वजनिक शौचालयको व्यवस्था नहुनाले यात्रुले जथाभावी दिसापिसाब गर्नु पर्ने बाध्यता छ, जसले त्यहाँ वरपरको वातावरणमा दुर्गन्ध फैलिदै आएको छ । यस विषयमा पटक–पटक इलाम नगरपालिकालाई लिखित तथा मौखिक जानकारी गराउँदा (टोल तथा व्यक्तिगतरुपमा) पनि हाल सम्म कुनै कारवाही वा प्रगति भएको छैन् । के नियम, कानुन गरिव जनतालाई मात्र लाग्ने हो, धनी र पहुँचवाला उक्त सञ्चालकलाई कारबाही गर्ने  तथा शौचालय निर्माण गराउन स्थानीय निकायको हिम्मत नै न भएको हो की?

यी माथिका त प्रतिनिधि उदाहरण मात्र हुन् । इलान नगर क्षेत्रको सरसफाई र फोहोर व्यवस्थापनको अवस्था गम्भिर र चुनौतीपूर्ण बन्दै गई रहेको सबैको जानकारीमा छ ।

चुनौतीः इलाम नगरपालिकाको फोहोर व्यवस्थापनमा बढ्दो जनसंख्या, अव्यवस्थित सहरिकरण आदि चुनौतीहरु देखा परि रहेका छन् । जस मध्ये केही चुनौतीहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छः

१. बढ्दो प्लाष्टिक जन्य फोहोर मैलाः

इलाम नगरपालिकालाई प्लाष्टिकको झोला मुक्त सहर बनाउनमा विभिन्न सरकारी, गैरसरकारी तथा नगरबासीहरुको महत्वपूर्ण भूमिको थियो र छ  । सबैको अथक प्रयासले हामी प्लाष्टिक झोला मुक्त नगरबासी  भनी गर्व गर्ने मौका पाएका छौं । हाल, छिट्फुट रुपमा नगर क्षेत्रका पसलहरुमा प्लाष्टिकका झोलाहरु बिक्री हुर्दै गरेको सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा (सामाजिक सञ्जाल) प्राप्त भई रहेको छ । यस विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुनु जरुरी छ । त्यस्तै, जुत्ताचप्पल, कपडा, पुस्तक पसल आदिमा विभिन्न समाग्रीहरु प्याक भएर आउने पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामाग्रीहरु नगरको फोहोर व्यवथापनको लागि चुनौती बन्दै गई रहेको छ ।  विशेषतः लुगा पसलमा अहिले पनि विभिन्न सामाग्रीहरु प्लाष्टिकका ठूला–ठूला झोलाहरुमा पोको पारेर ल्याउने गरिएको छ । यसरी पनि नगर क्षेत्रमा प्लाष्टिका झोलाहरु भित्रि रहेको छ । यस विषयमा इलाम नगरपालिका, इलाम उद्योग वाषिज्य संघ तथा अन्य सरोकाबाला निकायहरुको ध्यान दिएको पाइदैन । प्लाष्टिक न्यूनिकरण सम्बन्धि कोठे छलफल र बैठकले मात्र इलाम नगरपालिका भित्र प्लाष्टिक न्यूनिकरण गर्न सकिदैन । त्यसकारण यस विषयमा नियमित अनुगमन हुनु जरुरी देखिन्छ ।

२. अनुशासनहिन र कु–संस्कारः

फोहोर मैला व्यवस्थापनमा अनुशासन र संस्कारको पनि विशेष भूमिका रहन्छ । जथाभावी फोहोर फ्याँक्ने हाम्रो संस्कार छ । यो कार्य व्यक्तिगत तथा सार्वजनिक हितका लागि पनि एकदमै आपत्तिजनक विषय हो । पान, सुर्ती, खैनी गुट्खा खाएर फ्याँक्ने, थुक र माटोमा नगल्ने प्रकारको त्यसका प्लाष्टिकका खोल, चुरोटको ठुटा, कागजको टुक्रा, विस्कुट तथा चाउचाउका खोल, चट्पटेको कागज आदि निर्दिष्ट स्थानमा नफ्याक्नाले पनि इलामको फाहोर व्यवस्थापनमा चुनौती सिर्जना गरेको छ । जथाभावी फोहोर फ्याक्दै हिड्नेहरुमा अधिकांश विद्यालय, उच्च मा.वि. तथा कलेज पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु पर्दछन् । जसले समाजलाई फाहोर मैला कम उत्पादन र व्यवस्थापनमा सहयोग गर्नुको साटो जथाभावी फोहोर फ्याक्दै हिड्ने कार्यले कस्तो सभ्यताको विकास गर्न खोजिएको हो प्रश्न तेर्सिएको छ ।

३. अनुगमन र करबाहीः

फोहोरमैला व्यवस्थापन ऐन–२०६८ ले नगरपालिका वा  स्थानिय निकायले तोकेको समय र स्थानभन्दा बाहिर फोहोर फ्यालने, फोहोर संकलनका लागि राखिएको डष्टविन तथा कण्टेनरहरु तोडफोड गर्ने, घरबाट उत्पादन भएको फोहोरलाई जथाभावी सडक वा सार्वजनिक स्थानमा फ्याल्ने; रासायनिक फोहोर मैला, औद्योगिक फोहोर मैला, स्वास्थ्य संस्थाजन्य फोहोर मैला वा हानिकारक फोहोर मैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने आदि कार्यहरुलाई कसुर ठहर गरी ऐनमा उल्लेख भए अनुसार स्थानीय निकायले पाँच सय देखि एक लाख सम्म जरिवाना लिन सकने व्यवस्था गरेको छ । तर इलाम नगरपालिकाले अनुगमन र कारवाहीको लागि खासै चासो देखाएको पाइदैन ।

४. फोहोर वर्गीकरण नहुनु र न्यूनिकरणका उपायहरु अवलम्बन नगरिनुः

नगरबासी तथा संघ/संस्था’कार्यालय/उद्योगले उत्पादन गर्ने फोहोरको सहि वर्गिकरण नगरिनु (नछुट्याईनु) इलामको फोहोर व्यवस्थापनको अर्को चुनौती हो । फोहोरको प्रकृति अनुसार नछुट्याई एकै भाडामा संकलन गर्नाले नगरपालिकले उक्त फोहोरलाई व्यवस्थापन गर्नको लागि ठूलो मात्रामा जनधन खर्च गरि रहनु परेको छ । त्यस्तै, फोहोर न्यूनिकरणका विभिन्न उपायहरु जस्तैः फोहोरलाई श्रोतमा नै कम गर्ने (Reduce), पुनः प्रयोग (Reuse), फोहोरलाई कच्चा पदार्थको रुपमा पुनः प्रयोग (Recycle) आदिको बारेमा सबै नगरबासीहरुमा जनचेतना पु¥याउन नसक्नु पनि अर्को चुनौतिको विषय हो ।

५. अपारदर्शिताः

नगरपालिकाले हरित नगर अभियान सञ्चालन गर्दै आई रहेको छ । हात्ती आयो हात्ती आयो फुस्… भने झै  हालसम्म पनि हरित नगर अभियानको उद्देश्य र गतिविधि बारे सबै नगरबासीलाई सचेत बनाई सहभागिता गराउन नसक्नु र हाल सम्म भए गरेका गतिविधि र आर्थिक क्रियाकलापको बारेमा पारदर्शीरुपमा सूचना संप्रेसण नहुदा नगरवासीमा असन्तुष्टि र असम्झदारी बढ्दै गई रहेको छ यो पनि फोहोर व्यवस्थापन र हरित नगर अभियान सफल पार्ने चुनौतिको विषयहरु हुन्् । त्यस्तै, नगरबासी र सम्बन्धित सरोकारवाला निकायहरुले आफ्नो जिम्मेबारी बहन र कर्तव्य  वोध नगर्नु पनि नगरको फोहोर व्यवस्थापनको चुनौती बनेको छ ।

६. स्वास्थ्य समस्या तथा वातावरण प्रदुषणः

फोहोर मैलाको सहि व्यवस्थापन हुन नसक्नाले आऊ, हैजा, झाडा पखला जस्ता गम्भिर स्वस्थ्या समस्या साथै पानीका मुहान प्रदुषण, माटो प्रदुषण, हावा प्रदुषण जस्ता वातावरणीय समस्याहरु पनि देखा पर्ने सम्भावना प्रवल छ । बद्यशाला तथा माछा व्यवसायीको लागि निश्चित स्थानको व्यवस्था नहुदाँ इलाम बजारको बीचमा नै दुर्गन्ध फैलि रहेको छ ।

७. जनसंख्या बृद्धि तथा अव्यवस्थित सहरीकरणः

जन्मदर, बसाई सराई दर आदिले इलाममा मानिसको चाप बढि रहेको छ । जनसंख्या बृद्धिसंगै भौतिक पूर्वाधारहरुको जथाभावी निर्माण भई रहेको छ । जसले इलाम नगरपालिकालाई कुरुप बनाउदै लगेको छ । सार्वजनिक जग्गा, राजमार्ग वा सडक आदि मिचेर जबरजस्ती भौतिक संरचना निर्माण, पिउने पानीको पाइपहरु, विद्युत तथा टेलिफोनका पोल÷तारहरुको अव्यवस्थित वितरण आदिले इलामको वातावरणीय पक्ष तथा फोहोर मैला व्यवस्थापनमा चुनौती खडा गर्दै गईरहेको छ । जनसंख्यासँगै उनीहरुले उत्पादन गर्ने फोहोरको मात्र पनि बृद्धि भई रहेको छ । सिमित श्रोत र साधानले फोहोर व्यवस्थापन असजिलो भई रहेको छ ।

समाधानका उपायहरुः

नेपाल लगायत दक्षिण एसियाली राष्ट्रहरुमा करिब ९० प्रतिशत फोहोरहरुलाई व्यवस्थापनका लागि डम्पिङ्ग साइडमा पठाइन्छ । तर अन्य विकसित देशहरुमा करिब १० प्रतिशत फोहोरहरुलाई मात्र डम्पिङ्ग साइड पठाउने गरिन्छ । यो सामान्य तथ्यलाई हेर्दा हाम्रो देश या हाम्रो नगर क्षेत्रमा फोहोर व्यवस्थापनमा जनधन बढि खर्च भई रहेको छ । त्यसकारण हाम्रो घर, पसल, उद्योग, विद्यालय, कार्यालय, बजार आदि सार्वजनिक तथा नीजि क्षेत्रमा फोहोरलाई प्रकृतिको आधारमा वर्गिकरण गरिएमा फोहोर व्यवस्थापनमा हुने खर्च हुने श्रोत/साधनलाई अन्य सिर्जनात्मक क्षेत्रमा सदुपयोग गर्न सकिन्छ । यसले हाम्रो समाज, टोल, नगर र देश विकासमा टेवा पुग्दछ । फोहोर व्यवस्थापनको पहिलो नियम भनेको फोहोर नै नगर्नु हो । जुन हाम्रो लागि सम्भव नहुने कुरा हो । जाबो एउटा बिरालो ले त आफ्नो फोहोर आफै व्यवस्थापन गर्दछ भने हामी मानवले त गर्न नसक्ने कुरै भएन नी? फोहोर व्यवस्थापनका लागि चेतना र जिम्मेबारी आधारभूत विषय हुन् । इलाम नगरको फोहोर व्यवस्थापनका लागि विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ । जस मध्ये केहीको बारेमा यहाँ चर्चा गरौं :

१. जनचेतनाः इलाम नगरपालिका तथा अन्य सारोकारबाला निकायहरु मिलेर नगरबासीलाई स्वास्थ्य, सरसफाई र फोहोर मैला व्यवस्थापनको लागि प्रभावकारी रुपमा जनचेतना बढाउने कार्य गर्नु  आवश्यक छ । जसका लागि युवा, किशोरकिशोरी तथा विद्यालयका विद्यार्थीहरुलाई अभिमुखिकरण र परिचालन गरिनु उपयुक्त हुन्छ । व्यक्तिगत सरसफाई, फोहोर मैलाका न्यूतिकरणका उपायहरु (5R), फोहोर मैला वर्गिकरण आदिको विषयमा सबैलाई सचेत र जिम्मेबार बनाउन जरुरी छ । जसका लागि स्थानीय सञ्चारका माध्यहरुलाई समेत प्रयोग गर्न सकिन्छ । वर्गीकरण गरिएको फोहोरबाट कुहिने फोहोरबाट मल बनाई आफ्नो करेसा बारी तथा फुलबारीमा प्रयोग गर्न सकिन्छ । त्यस्तै अन्य प्लाष्टिक तथा धातुहरुलाई विक्रि वितरण गरि धन आर्जन पनि गर्न सकिन्छ । नगरबासीहरुलाई यस विषयमा सचेत बनाउन सके उनीहरुमा फोहोरको महत्व बढ्दछ। जसले सरसफाई र फोहोर व्यवस्थापनमा सहयगोग पुग्दछ ।

२. अनुगमन र दण्ड जरिवानाः इलाम नगरपालिका कार्यालयले पनि आफ्ना कार्मचारी तथा नगर प्रहरीहरुलाई परिचालन गरी नगर क्षेत्रको नियमित अनुगमन  गरिनु आवश्यक छ । जथाभावी फोहोर फ्याक्ने, सार्वजनिक स्थान, राजमार्ग÷सडक मिचि भौतिक संरचना निर्माण गर्ने, सडकको छेउमा जथाभावी निर्माण सामाग्रीहरु थुपार्ने आदि कार्य गर्ने गराउनेलाई नियम अनुसारको दण्ड जरिवाना गरिनु पर्दछ ।  त्यस्तै, टोलटोलमा सरसफाई तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी जुन टोलमा फोहोरमैला जथाभावी फालिन्छ त्यो टोल र टोलबासीलाई दण्ड जरिवाना गर्ने र उत्कृष्ट कार्य गर्ने टोललाई पुरस्कृत गर्ने कार्यलाई पनि नगरपालिकाले गर्नु जरुरी छ ।

३. अनुशासन, जिम्मेबारी र जवाफदेहिताः आफुले उत्पादन गरेको फोहोरको सहि व्यवस्थापन गर्नु नागरिकको पहिलो कर्तव्य हो ।  आफूले उत्पादन गरेको फोहोरहरुलाई जथाभावी नफाली डष्टविन वा तोकिएको स्थानमा फल्नु पर्दछ । फोहोर व्यवस्थापनले सभ्यताको पहिचान दिने भएको ले फोहोर व्यवस्थापनका लागि अनुशासित, जिम्मेबार तथा जवाफदेहि हुनु जरुरी छ । नगरबासी आफ्नो जिम्मेबारीबाट पन्छिने हो भने इलाम नगरपालिका कार्यालयको एक्लो प्रयासले मात्र फोहोर व्यवस्थापन र इलामलाई हरित नगर बनाउन सम्भव नै छैन् । कम्तिमा पनि हामी आफुले उत्पादन गर्ने फोहोर जस्तै चट्पटेको कागज, मधुगुट्खाका खोल आदिलाई निश्चित स्थानमा मात्र फ्याक्ने बानीको विकास गर्न सकेमा सफा सहर बनाउन सहज हुनेछ । बाटो हिड्दा पनि आफुसँग फोहोर भए गोजी वा झोलामा राखेर डष्टविन भएको ठाउँमा लगेर फ्याक्ने बानीले पक्कै पनि हाम्रो नगरलाई सफा बनाउन मद्दत गर्दछ । त्यस कारण नगरलाई सफा, सुन्दर र फोहोर व्यवस्थापनको लागि हामी नगरबासी पनि अनुशासित, जिम्मेबार र जवाफदेहि हुनु आवश्यक छ ।

४. जनसहभागिताः हरित नगर अभियान, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनमा इलाम नगरपालिका कार्यालयले हामी नगरबासीलाई जिम्मेबारी र भूमिका दिनु आवश्यक छ । जसका लागि नगरपालिका ले सबै नगरबासीको घरआगनमा पुग्नु जरुरी छ । १,२, ३ वडालाई मात्र आफ्नो पकेट क्षेत्रको रुपमा नहेरी सबै वडाहरुलाई सामान दृष्टिकोणले हेरिनु जरुरी छ । सबै नगरबासीलाई सचेत र जिम्मेबार बनाई आफ्नो अभियानमा सहभागि गरिनु आवश्यक छ न भए नगरपालिका हलुवामा बलुवा मात्र बन्न पुग्दछ । नगरको दिगो विकासका लागि नगरबासीको सहभागिता अनिवार्य छ ।

ठूला घर, सफा कपडा लगाउने, महंगा सवारी साधान र मोबाइल लगायतका ग्याजेटहरु चलाउदैमा आधुनिक र विकसित भइन्दैन । आधुनिक र मानव हुनको लागि सभ्यता आधारभूत पक्ष हो । जथाभावी फोहोर गर्ने, फ्याल्ने हो भने अरु जनबार र हामीमा के नै फरक हुने भयो र? यो कस्तो सभ्यता हो? विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले समाजका अन्य व्यक्तिहरुलाई सिकाउनु पर्नेमा आफै जथाभावी फोहोर मैला फ्याक्दै हिड्नु उनीहरुको अनुशासन भित्र पर्दछन्? यस्ता सामान्य लाग्ने प्रश्नहरुको उत्तर नगरबासी, विद्यार्थीहरुले जबाफ दिनु आवश्यक छ । आफूले सरसफाई गर्न जाँगर चलाउन सकिदैन भने कम्तिमा फोहोर गर्ने जाँगर पनि त नचलाऊ । आफ्ले उत्पादन गर्ने फोहोरको सही व्यवस्थापन गर्ने जिम्मेबारी पनि आफैले लिनु पर्दछ । हरित नगर अभियान र पर्यटन मैत्री नगरको रुपमा विकास हुदै गरेको यस नगरको सरसफाई, फोहोर व्यवस्थापन र व्यवहार परिवर्तनको लागि सबै पक्षले जिम्मेबारी बहन गर्नु जरुरी छ । फोहोर व्यवस्थापनलाई दिगो र भरपर्दो बनाउनका लागि इलाम नगरपालिकाले नगरबासीसँग सहकार्य  गर्नु आवश्यक छ । फोहोर वर्गीकरण, संकलन र व्यस्थापनका लागि आवश्यक दिगो उपायहरु अवलम्बन गरिनु जरुरी छ  । हाल, इलाम नगरपालिकाले नगरबासी महिलाको लागि लक्षित गरी सहुलियत दरमा कम्पोष्ट विन वितरण गर्र्दै आएको छ । यसलाई निरन्तरता दिई सबै नगरबासीको पहुँचमा पुर्याउन जरुरी छ । फोहोर मैलालाई छुट्याउने, नियमित संकलन र व्यवस्थापन गर्ने कार्यमा नगरपालिका र नगरबासीले सहकार्य गरिनु आवश्यक छ । फोहोरलाई श्रोतमा नै घटाउने, फोहोरलाई  छुट्याई कुहिनेलाई मल बनाउने अनी नकुहिने फोहोरलाई पुनः प्रयोग वा बेच्ने र बाँकी रहेको फोहोर मात्र ल्याण्डफिल्ड साइटमा पठाउनका लागि नगरपालिकाको गाडिमा हाल्ने हो भने नगरपालिकालाई फोहोर व्यवस्थापन गर्ने सजिलो हुनेछ । जसले गर्दा तपाई हामीले तिरेको करलाई अन्य विकास निर्माणको कार्यमा लगानी गर्न सकिन्छ । साथै हाम्रो नगरलाई स्वच्छ, सफा र सुन्दर राख्न सकिन्छ । अनुशासन, जिम्मेबारी बोध र चेतनाको लागि हार्दिक शुभकामना ! धन्यवाद !

(Note: this article is published in Sandakpur Daily  on Friday, December 12, 2014.)

इलामेली पर्यटनः अवसर र चुनौती

पृष्ठभूमिः
हाम्रो लागि पर्यटन नयाँ विषय होइन । वर्तमान
विश्वमा द्रुत गतिमा फस्टाएको व्यवसाय नै पर्यटन
हो । पर्यटन र मानव संस्कृति र सभ्यतालाई
पर्यावाचक मानिन्छ ।
पर्यटनको अंग्रेजी शव्दत्यगचष्कm हो । जुन फ्रेन्च
भाषाको शव्दबाट आएको हो । पर्यटनको चर्चा गर्ने
क्रममा पर्यटकको बारेमा चर्चा गरिनु आवश्यक हुन्छ
। विश्व पर्यटन सँगठनका अनुसार, ‘आराम गर्न,
आरामदायी छुट्टी बिताउन, स्वास्थ्योपचार, अध्ययन,
व्यापार, पारिवारिक मिलन आदिका लागि कुनै
व्यक्ति अर्को ठाउँ वा मुलुकमा कम्तिमा एक रात
बिताउँछ भने उसलाई पर्यटक भनिन्छ ।’ त्यस्तै पर्यटन
ऐन–२०३५(दोश्रो संशोधन) अनुसार, ‘पर्यटक भन्नाले
विदेशी मुलुकबाट भ्रमणको लागि नेपाल राज्यमा आउने
गैर नेपाली नागरिक सम्झनु पर्दछ । साथै
नेपाली पर्यटक भन्नाले नेपाल राज्यको एक
स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने
नेपाली नागरिक सम्झनु पर्छ ।’
पर्यटकले आफ्नो भ्रमणको अवधिमा गर्ने विभिन्न
क्रियाकलापहरु जस्तै व्यापारिक, शैक्षिक,
मनोरञ्जनात्मक, स्वास्थयोपचार, खेलकुद,
दृष्यावलोकन आदि तथा उनीहरुको आतिथ्य स्वीकार्ने
ठाउँ वा मुलुकका तर्फबाट
उनीहरुको चाहाना पूर्तिका लागि गरिने सम्पूर्ण
व्यवस्था र त्यसबाट उत्पन्न हुने सामाजिक, संस्कृतिक,
आर्थिक लगायतका सम्पूर्ण
परिणामहरुको समष्टि रुपलाई नै पर्यटन भनिन्छ ।
(भट्टराई, रविन्द्रनाथ, चिनारी पर्यटन विशेषङ्क,
२०६४)
यसरी हेर्दा, पर्यटन भन्नाले पर्यटक (न्गभकत) र
आतिथ्यता स्वीकार गर्ने (ज्यकत)
बीचको अन्तरसम्बन्ध लाई बुझिन्छ ।
ईसापूर्व ७७६, ग्रिसमा भएको पहिलो ओलम्पिक
खेलबाट पर्यटन व्यवसायको सुरुवात भएको मानिन्छ ।
बेलायती नागरिक थोमस कुकले सन् १८४१मा आधुनिक
पर्यटन व्यवसायको थालन गरेका थिए । उनले
स्थापना गरेकोे एजेन्सीले पहिलो पटक ५७०
जनाको एक समूहलाई बेलायतको एक शहरबाट
अर्को शहरसम्मको यात्रा गराएको थियो ।
नेपालमा पर्यटकहरुका लागि सन् १९५२ बाट मात्रै
ढोका खुल्ला भएको हो । त्यसको एक
वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो ।
नेपालको पर्यटन गुरुयोजना (पहिलो) सन् १९७२
मा तयार गरिएको थियोे ।सन् १९९८
मा नेपालको पर्यटन प्रवद्र्धनका लागि भिजिट
नेपाल कार्यक्रम आयोजना गरिएको थियो । त्यस
पश्चात नेपालमा विभिन्न स्तरका होटल, लज,
गेष्टहाउस तथा पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरु
स्थापना र सञ्चालन भएको पाइन्छ । त्यस्तै सन्
२०११लाई पर्यटन वर्षको रुपमा समेत मनाइयो । जुन
१९९८ जति सफल नभए पनि नेपालको पर्यटन
प्रवद्र्धनमा महत्वपूर्ण रहयो । साथै पर्यटन
उद्योगका विकास, विस्तार र
प्रवद्र्धनका लागि लागि विभिन्न
सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुको स्थापना भएको पाइन्छ
। उद्योगको लागि आवश्यक सीप,
जनशक्ति उत्पादनका लागि विभिन्न
सरकारी तथा गैरसरकारीसंस्थाहरु (शैक्षिक)
पनि स्थान भए ।
धेरै पहिले देखि नै इलाममा पर्यटन गतिविधिहरु
सञ्चालन भएको पाइन्छ । जसमध्ये इलामको पर्यटन
गुरुयोजनामा उल्लेख भए मध्येका केहि महत्वपूर्ण
अंशहरुलाई प्रस्तुत गरिनु उपयुक्त देखिन्छ ।
गुरुयोजनामा उल्लेख भए अनुसार, “…लिम्बु
तथा लेप्चाहरुको यस क्षेत्रमा नेपाल एकीकरण पछि नै
गैर लिम्बु तथा गैर लेप्चाहरूको प्रवेशको अनुमान गर्न
सकिन्छ । खासरी एकीकरणको शिलशिलामा र
त्यसपछि प्रशासनिक व्यवस्था मिलाउने
क्रममा केही सैनिक तथा प्रशासनिक
व्यक्तिहरूको प्रवेश तथा आवत जावतको अन्दाज गर्न
सकिन्छ । सुगौली सन्धिको केही पछि प्रसिद्ध
वनस्पतिविद् सर जोसेफ हुकरलाई राजधानीबाट
पूर्वको बाटो गरी इलाम हुँदै दार्जिलिङ जाने
अनुमति प्राप्त भएको थियो । यसै गरी एच. ए.
ओल्डफिल्ड इलाम आएको बुझिन्छ ।
उनी दार्जिलिङबाट इलामको तुम्लिङ, जमुना हुँदै
धनकुटातर्फ लागेका थिए भन्ने प्रसङ्ग
इलामको पर्यटन गतिविधिको दृष्टिले उल्लेखनीय छ ।
(बैद्यः २०५८ः१३)
“..वि.सं. २०२६÷०२७ सालताका तत्कालीन
जिल्ला पञ्चायतले मंगलबारे, माईपोखरी, फिक्कल र
अन्तुमा गेष्टहाउसको निर्माण गरी पर्यटन
विकासका लागि संस्थागत प्रयास गरेको देखिन्छ ।
यसै
ताका माइपोखरीको संरक्षणका लागि पोखरी उत्तरको जग्गा जिल्ला पञ्चायतले
खरिद गरेको थियो । यसै गरी अन्तु टावर (२०४८
साल), छिन्तापु गेष्टहाउस (२०६४),
सन्दकपुरको साधुकुटी आदिको निर्माणले यात्रुहरूलाई
सुविधा प्रदान ग¥यो । वर्तमान
समयमा यहाँको चियाबारी, उन्नत पशुपालन,
नगदेबालीको क्षेत्रमा गरेको प्रगति र
यहाँको प्राकृतिक सुन्दरता आदिका कारण धेरै
आन्तरिक तथा केही बाह्य पर्यटकहरूको आवागमन हुन
थालेको छ ।…”
हाल, इलाममा करिव ३५० साना–ठूला होटल,
रेष्टुरेण्ट, लज, गेष्टहाउसहरु सञ्चालन रहेको पाइन्छ ।
जस मध्ये केही सुविधा सम्पन्न पर्यटकिय होटल, लज
तथा गेष्टहाउस रहेका छन् । यसका साथै श्रीअन्तु,
समालबुङ, सिद्धिथुम्का आदि क्षेत्रमा होम
स्टेको सुविधा उपलब्ध छन् । पर्यटकहरुलाई
सूचना प्रदान गर्नका लागि इलाम
नगरपालिका (बसपार्क), मेची राजमार्गको इलाम–
झापा सीमाना (कोल्बुङ) र अन्तु क्षेत्रमा पर्यटन
सूचना केन्द्रहरु सञ्चालनमा आएका छन् । जस मध्ये
अन्तुमा रहेको सूचना केन्द भने पर्यटकिय
सिजनमा मात्र सञ्चालनमा आउने गरेको पाइन्छ ।
इलाम नगरपालिका, जि.वि.स., मेचि पहाडि पर्यटन
प्रवद्र्धन
समिति आदि सरकारी तथा गैरसरकारी संघ÷संस्थाको पहलमा इलाम
नगरपालिका तथा जिल्लाका विभिन्न पर्यटकिय
क्षेत्रहरुमा सडक, सूचना केन्द्र, भ्यू टावर, पार्क,
घण्टाघर आदि पर्यटकिय पूर्वाधारहरु निर्माण हुदै
गईरहेका छन्। यसका साथै काठमाडौं देखि इलाम आउने
रात्री बसको सेवा र गुणस्तर पनि बृद्धि हुदै गएको छ
। त्यस्तै विभिन्न समयमा यस क्षेत्रमा मेला,
महोत्सव, सडक महोत्सवहरु पनि आयोजना गरिदै
आएका छन् । यस्ता विविध गतिविधिहरु
तथा पूर्वाधार निर्माणले इलामेली पर्यटन
उद्योगको विकास र प्रवद्र्धनमा महत्वपूर्ण
भूमिका खेलेको पाइन्छ ।
पूर्वी पहाडीजिल्ला इलाम चिया, अलैची, अदुवा,
अम्रिसो, ओलन, अकबरे खोर्सनी आदि ‘अ’ले परिचित
पर्यटकिय गन्तव्य भए पनि आशा गरे अनुसार
यहाँ पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । यसै
सन्दर्भमा इलामेली पर्यटन उद्योगको अवसर र
चुनौतीको विषयमा चर्चा गरिनु उपयुक्त हुन्छ ।
अवसरः
इलाम जिल्लामा पर्यटन उद्योगका लागि आवश्यक
प्राकृतिक, संस्कृति, भौगोलिक आदि अवसरहरु प्रशस्त
मात्रामा रहेका छन् । जसलाई पहिचान
गरी प्रवद्र्धन गरिनु जरुरी छ । इलाम
जिल्लामा रहेका पर्यटयिक अवसरहरुलाई मुख्य
रुपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः
१. प्राकृतिक सौन्दर्यः इलाम जिल्ला समुन्द्र
सतहबाट १४० मिटर देखि ३६३६ मिटरको उचाई सम्म
फैलिएको हुनाले यस क्षेत्रमा भित्री मधेसदेखि उच्च
पहाडि क्षेत्रको प्राकृतिक सौन्दर्यता तथा जैविक
वातावरणमा रमाउन सकिन्छ । यस क्षेत्रमा पाइने
जीव–जनावरको प्रकृतिक बासस्थान, वनजंगल
आदि रमणीय प्रकृतिक छटाहरु यस
जिल्लाको विशेषता र पर्यटन
व्यवसायको लागि अवसर पनि हो । यस
क्षेत्रमा पाइने काँडेभ्याकुर, विभिन्न
प्रजातिका पुतली, पानी गोहोरो,
रेण्डपाण्डा(हाब्रे), विभिन्न
प्रजातिका लालिगुराँस, चाप
आदि प्राणी तथा वनस्पतिहरुले पर्यटकहरुलाई
आकर्षित गर्दछ । यसका साथै यस क्षेत्रमा पाइने
विभिन्न प्रकारका जडिबुटिहरुलाई पनि पर्यटन
उद्योगको विकासका लागि अवसरको रुपमा हेर्न
सकिन्छ । त्यस्तै यहाँका विभिन्न क्षेत्रहरु बाट
कञ्चनजंघा सहितका हिमालहरुको अवलोकन गर्न
सकिन्छ । यहाँको प्राकृतिक सौन्दर्य, वन जंगल
तथा जैविक विविधताले यस क्षेत्रमा पर्यापर्यटन
(भ्अय(तयगचष्कm)को सम्भावनालाई
बलियो बनाएको पाइन्छ ।
२. चिया बगान र उद्योगः वि.सं. १९२० साल
देखि सुरु भएको चिया खेतीले हाल इलामको ५६३८
हेक्टर (३२ प्रतिशत) क्षेत्र ओगटेको छ । हाल यस
जिल्लामा १८ वटा ठूला र २० वटा लघु प्रशोधन
कारखानाबाट हजारौं मेट्रिकटन चिया उत्पाद भई
रहेको छ । यसका साथै हालसम्म यस जिल्लामा ३६
वटा चिया उत्पादक सहकारी संस्थाहरु
स्थापना भएका छन् । इलाममा उत्पादित
चिया भारत
लगायतका युरोपेली राष्ट्रहरुमा निर्यात हुने
गरेको छ । (श्रोतः दुलाल, इलामको चिया पर्यटन,
२०७०) त्यसकारण, यस क्षेत्रलाई
चिया अध्ययनको खुल्ला विश्वविद्यालयको रुपमा स्थापना र
विकास गर्न सकिन्छ । चिया खेती, उत्पादन,
प्रशोधन आदि विषयमा रुची राख्ने तथा ज्ञान
हासिल गर्न चाहने
विदेशी तथा स्वदेशी पाहुनाको लागि यो उपयुक्त
गन्तव्य बन्दै गई रहेको छ । त्यस्तै घुम्न, पिकनिक
आदि उद्देश्यको लागि पनि इलाम, कन्याम
आदि क्षेत्रमा चिया बगानहरुमा समय–
समयमा पर्यटकहरुको आगमन भएको पाइन्छ ।
जसका कारण यस क्षेत्रमा चिया पर्यटनको प्रचुर
सम्भावना रहेको छ ।
३. नगदेबालीः अदुवा, अम्रिसो, अलैची, आलु अकबरे
आदि नगदे बाली तथा जडिबुटि खेती, उत्पादन र
निर्यातका लागि यो जिल्ला परिचित छ । त्यस्तै
दुध उत्पादन
तथा प्रशोधनको क्षेत्रमा पनि यो जिल्ला अग्रस्थनामा रहेको छ
। यहाँका पौरखी किसान र उनीहरुको जाँगर
तथा सीप अन्य
क्षेत्रका मानिसहरुको लागि अध्ययनको विषय
बनेको छ । २ नगरपालिका तथा ४५ वटा गाउँ विकास
समितिहरु रहेको यस जिल्लाका अधिकांश क्षेत्र
ग्रामीण क्षेत्रले ओगटेको हुनाले कृषि तथा ग्रामिण
पर्यटनको लागि उपयुक्त गन्तव्य बन्न सक्दछ ।
४. नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाः इलाम
जिल्लाको पूर्वमा भारतको पश्चिम बंगाल
राज्यको सीमाना जोडिएको छ ।
भारतको दार्जिलिङ, मिरिक, सिक्किम
आदि पर्यटकीय क्षेत्रसँग मिल्दो भौगोलिक,
सामाजिक र संस्कृतिक वातावरणका कारण पर्यटन
विकास र विस्तारका लागि यो क्षेत्र उपयुक्त छ ।
खुल्ला सीमानाका कारण नेपाली तथा भारतीय
मुलका मानिसहरु सीमाना वारपार गर्न सकन्ने
भएका ले पनि इलाम जिल्लामा भारतीय
पहुनाहरुको आगमन हुने सम्भावना उच्च रहेको छ ।
त्यस्तै सीमानामा अध्यागमन कार्यालय सञ्चालन
गर्न सकिएको खण्डमा तेश्रो मुलुका पर्यटकहरुलाई
पनि भारतको बाटो हुदै नेपाल प्रवेश गर्न र इलाम
हुदै भारत जान सहज हुने भएका ले पनि अन्तर्राष्ट्रिय
सीमाना इलामको पर्यटन विकास र
विस्तारको लागि अवसर बन्न सक्दछ ।
५. सहासिक पर्यटनः इलाम जिल्लाका विभिन्न
क्षेत्रहरु जस्तै सन्दकपुर, छिन्तापु, सिद्धिथुम्का,
हाँगेथाम
आदि क्षेत्रमा पदयात्राको सम्भावना रहेको छ ।
त्यस्तै, इलाम जिल्लामा रहेको विभिन्न
खोलाहरुको सेतो र
बगेको पानीमा पौडी तथा माछा मार्ने
जस्ता सहासिक क्रियाकलापहरु पनि सञ्चालन गर्न
सकिने भएको ले यो क्षेत्र सहासिक
पर्यटनको लागि गन्तव्य बन्न सक्दछ । त्यस्तै
जलविद्युत आयोजनाका लागि निर्माण
गरिएको बाधमा पनि व्यवसायिक
रुपमा पौडी तथा माछा मार्ने क्रियाकलापहरु
सञ्चालन गर्न सकिन्छ । इलामका टोड्के
लगायता झरनाहरुमा क्यानोइङ
(ऋबलथयलष्लन)को पनि उच्च सम्भावना रहेको छ ।
चमैतामा रहेको कुहिभिरमा मह सिकार (ज्यलभथ
ज्गलतष्लन)को पनि सम्भावन रहेको छ । त्यस्तै यस
क्षेत्रमा साईकल यात्रा र
प्याराग्लाइडिङको पनि प्रशस्त सम्भावना रहेको छ
। त्यसकारण यस क्षेत्रको भौगोलिक बनाबट, खेलकुद
प्रतियोगिता र जलविद्युत उत्पादनले यस
क्षेत्रमा सहासिक पर्यटनको अवसर सिर्जना गरेको छ
। जसका लागि सरकारी तथा निजी क्षेत्रले आवश्यक
अध्ययन र सेवा विस्तारमा जोड दिनु आवश्यक छ ।
६.सूर्योदय र सूर्यास्तः नेपालमा सबै भन्दा पहिले
घामको किरण इलाममा पर्ने मान्यता रहेको छ ।
पर्यटन उद्योगको महत्वपूर्ण एस (क्)मध्ये एउटा एस
अर्थात क्गल(सूर्य)का लागि यो जिल्ला प्रसिद्ध छ ।
सूर्योदयको जिल्लाको रुपमा परिचय पाएको यस
जिल्लाको पर्यटन विकासका लागि अन्तु, कन्याम,
सन्दकपुर, सिद्धिथुम्का आदि क्षेत्रबाट देखिने
सूर्योदय तथा सूर्यास्तको दृष्यले महत्वपूर्ण
भूमिका खेलेको छ । जसका लागि इलाम
नगरपालिकामा भ्यूटावरनिर्माण भै सकेको छ भने
अन्तुमा निर्माणाधिन छ । इलामेली पर्यटन
उद्योगको प्रवद्र्धन र विस्तारको लागि सूर्योदय र
सुर्यास्त महत्वपूर्ण अवसर हो ।
७. संस्कृतिक तथा धार्मिक पर्यटनः इलाम
जिल्लामा विभिन्न जातजाति,
धर्मसंस्कृतिका मानिसहरुको बसोबास रहेको पाइन्छ
। नेपालको एक मात्र लोपोन्मुख
जाति लाप्चा (रोङ)को बसोबास रहेको यस क्षेत्रमा,
यल्मो, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा, नेवार,
व्रहामण, क्षेत्री आदि जातीहरुको बसोबास रहेको छ
। यसका साथै बालन, मारुनी, धान नाच, ढोल नाच,
गाईजात्रा, रोपाइजात्रा आदिले संस्कृतिक
क्षेत्रमा रुची राख्ने पर्यटकहरुको ध्यान आकर्षण गर्न
मद्दत मिल्दछ । जसका कारण संस्कृतिक
पर्यटनको सम्भावन रहेको छ । त्यस्तै यस
जिल्लामा रहेका सानो पाथिभरा, गजुरमुखि,
गुम्बाहरु, धार्मिक मेला आदिले धार्मिक
पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण
भूमिका खेल्न सक्दछ ।
८.अञ्चलन सदरमुकामः इलाम
मेची अञ्चलनको सदरमुकाम हो । जहाँ विभिन्न
जिल्ला तथा अञ्चल स्तरीय सरकारी तथा गैर
सरकारी कार्यालयहरु रहेका छन् । जसले
गर्दा आफ्नो कार्यालयगत
कामको सिलसिलाका लागि पनि विभिन्न जिल्लाहरु
तथा क्षेत्रहरुबाट मानिसहरु इलाम आई रहनु पर्ने
हुन्छ । जसले इलामको पर्यटन विकासमा मद्दत पुग्दछ
वा पुगेको छ । जसको उदाहरणको लागि लोक
सेवा आयोगले लिने विभिन्न तहका परीक्षालाई
पनि लिन सकिन्छ ।
परीक्षाको समयमा इलामका अधिकांश होटल,लज,
गेष्टहाउसहरुका कोठाहरु भरिएका हुन्छन् । गौतम
बुद्ध सभा गृह लगायतका पूर्वाधारका कारण सभा,
समारोह आदि आयोजना र सञ्चालन गर्न सहज
भएको कारण पनि यस क्षेत्रमा पर्यटन प्रवद्र्धन र
विकासमा मद्दत पुग्दछ ।
यसका साथै हरित नगर अभियान, जलविद्युत आयोजना,
होम स्टे, सूचना प्रविधि, वित्तिय संस्था आदिले
पनि इलामेली पर्यटन विकास र
विस्तारको लागि अवसरहरु सिर्जना गरेका छन् ।
चुनौतिः
विभिन्न क्षेत्रबाट इलामेली पर्यटन प्रवद्र्धन,
विकास र विस्तारका अवसर र प्रयास
भएता पनि विभिन्न किसिमका चुनौतीहरु रहेका छन्
। जसलाई पहिचना गरी समाधान गर्न सके
इलामेली पर्यटन उद्योगको विकास र विस्तारले
गति लिने थियो की?
इलामेली पर्यटनका चुनौतीहरुलाई निम्नानुसार
व्यख्या गर्न सकिन्छ ः
१. प्रतिस्पर्धाः नेपाल भारत सीमाना नजिक
रहेको कारण भारतका विभिन्न विकसित पर्यटकिय
गन्तव्य जस्तै दार्जिलिङ, सिक्किम आदिसँग प्रत्यक्ष
प्रतिस्पर्धा गर्नु परि रहेकोछ ।
यो इलामेली पर्यटन विकास र विस्तारको लागि एक
चुनौतीको रुपमा देखा परेको छ । इलाममा उक्त
क्षेत्रहरुमा जति विकास पूर्वाधार निर्माण हुन
सकेका छैनन् । त्यस्तै नेपालका अन्य पूर्वी क्षेत्र जस्तै
ताप्लेजुङ्ग, धरान, धनकुटा आदिसँग
पनि कडा प्रतिस्पर्धा गरि रहनु परेको छ ।जसले
गर्दा यहाँको पर्यटन प्रवद्र्धन र
विस्तारमा प्रभाव पारेकोअनुभव गर्न सकिन्छ ।
त्यसकारण दार्जिलिङ, सिक्किम आदि भारतीय
पर्यटकीय क्षेत्रहरु तथा नेपालका अन्य पर्यटकीय
क्षेत्रहरुसँग प्रतिस्पर्धामा अबल
हुनका लागि प्रचारप्रसार, पर्यटन
पूर्वाधार,विकास निर्माण र पर्यटकिय उत्पादन
तथा सेवा विस्तारमा ध्यान दिनु जरुरी छ ।
२. प्रचार–प्रसारःभनिन्छ, “बोल्नेको पिठो बिक्छ,
नबोल्नेको चामल विक्दैन ।”
इलामको सन्दर्भमा यो उख्खान चरितार्थ
भएको पाइन्छ । पर्यटनको प्रचुर
सम्भावना भएपनि यस जिल्लाले हाल सम्म सोचे अनुरुप
गति लिन सकेको छैन । जसको मूख्य कारण भनेकै
व्यवस्थित र संस्थागत प्रचार–प्रसारको कमि हो ।
इलामको पर्यटकिय गन्तव्यहरु र
उत्पादनको जानकारी दिने सामाग्री, नक्सा,
वेभसाइट आदिको विकास र निरन्तरता दिन नसक्नु
इलामेली पर्यटनको समस्या हो ।
पर्यटकहरुको लागि आवश्यक जानकारी पुस्तिका,
पर्यटकिय क्षेत्रको नक्सा आदि प्रकाशन र
वितरणमा इलामेली पर्यटन
उद्योगका सरोकारबाला निकायहरुले ध्यान दिन
सकेका छैन्। कोठे छलफल, अन्तरक्रिया र स्थानीय
महोत्सवले मात्र इलामको पर्यटन विकास नहुने
कुरा त घाम जतिकै छर्लङ्ग भै सकेको छ । त्यस कारण
इलामको पर्यटन उद्योगको संस्थागत र व्यवस्थित
प्रचार प्रसारका लागि सरोकारबाला निकायहरु
लागि पर्नु आवश्यक छ ।
प्रचारप्रसारका लागि अहिलेको विद्युतीय
सूचना प्रविधिका विभिन्न माध्यम सामाजिक
सञ्जाल, वेभसाइट, ब्लग, युटुव, पत्रपत्रिका, एफ.एम
आदिलाई व्यापक र व्यवस्थित प्रयोग गर्न सकिन्छ ।
यस कार्यका लागि युवा शक्तिलाई
पनि जिम्मेबारी दिनु आवश्यक छ । त्यस्तै
यहाँ सञ्चालन भएका पर्यटन सूचना केन्द्रहरुलाई
पनि व्यवस्थित र स्तर उन्नति गरिनु आवश्यक छ ।
३. दक्ष जनशक्तिको अभावः इलाम पर्यटकिय
सम्भावना भएको क्षेत्र भए पनि यहाँ सञ्चलान
भएका होटल, लज, गेष्ट हाउस, ट्राभल एजेन्सी,
सूचना केन्द्र आदिका लागि आवश्यक दक्ष
जनशक्तिको अभाव हुनु पनि इलामेली पर्यटन
विकासको चुनौती हो । दक्ष
जनशक्तिको अभावमा पर्यटकहरुलाई सन्तुष्ट पार्ने
गरी सेवा–सुविधा प्रदान गर्न सकिदैन । त्यसकारण,
इलामको पर्यटन उद्योगको लागि आवश्यक
जनशक्ति उत्पादनका लागि सरोकारबाला निकायहरुबीच
सहकार्य हुनु जरुरी छ ।
४. सेवासुविधा र मूल्यः इलाम आउने पर्यटकहरुले
गुनासो गर्ने भनेकै इलाममा सञ्चालन भएका होटल, लज
तथा गेष्टहाउसका कोठाका मूल्य (च्ययm चभलत
ऋजबचनभ) र खाना हो । अन्य पर्यटकीय गन्तव्य
तुलनामा यहाँका होटल, लज तथा गेष्टहाउसको मूल्य
(च्ययm चभलत ऋजबचनभ) अधिक महंगो छ ।
जसको तुलनामा प्रदान गरिने सेवा सुविधाको गुणस्तर
भने न्यून छ । जस्तैः इलाममा नाम चलेको कुनै
होटल÷लज÷गेष्टहाउसको (एक रातको लागि) डिलक्स
कोठाको मूल्य करिब १५÷१६ सय छ । त्यस
अनुसारको सेवा सुविधा जस्तै ब्रेकफास्ट,
टि आदिको सुविधा छैन । यो मूल्यलाई
राजधानीको तारे होटलसँग दाज्न सकिन्छ । जहाँ,
यही मूल्यमा अन्य सुविधा सहित तारे
होटलको सेवा उपभोग गर्न सकिन्छ ।त्यस्तै
यहाँ ननएटेज कोठा (सिँगल बेड)लाई नै ६÷७ सय
लिइन्छ। यो मूल्यमा अन्य क्षेत्रमा एटेज कोठा नै
प्राप्त गर्न सकिन्छ । इलाममा सेवाप्रदायकले दिने
सेवासुविधा र चर्को मूल्यलाई यहाँको पर्यटन
विकासको चुनौतिको रुपमा लिन सकिन्छ । त्यसकारण
इलामका हरेक होटल, लज तथा गेष्ट हाउसले अन्य
क्षेत्रमा जस्तै अनसिजन र
अफसिजनको लागि दोहोरो मूल्य निर्धारण गरिनु
जरुरी छ । एक पटकको ग्राहकबाट नै वर्ष
भरीको मूल्य लिने भन्दा पनि दिर्घकालिन
सोचका साथ उपयुक्त मूल्य निर्धारण गरिनु आवश्यक छ
। त्यस्तै मूल्यसँगै उपलब्ध गराउने
सेवासुविधाको बारेमा पनि ध्यान दिनु जरुरी छ ।
त्यस्तै यस जिल्लाका अन्य वस्तु, सेवा र
सुविधाको मूल्य पनि तुलनात्मक रुपमा महंगो छ ।
जसलाई नियन्त्रण गरिनु जरुरी भएको छ । त्यस्तै यस
क्षेत्रमा सञ्चालन हुने यातायातका साधन
पनि पर्यटनमैत्री हुन सकेका छैनन् । होटल, लज,
गेष्टहाउस, रेष्टुरेण्ट र यातायात सेवालाई व्यवस्थित
र मर्यादित बनाउनका लागि आवश्यक मापदण्ड,
तालिम आदिको व्यवस्था गरिनु जरुरी छ । यस तर्फ
पनि स्थानिय सरोकारबाला निकायहरुले
समाधानका लागि पहल गरिनु जरुरी छ ।
५. नीतिनियमको अभावःइलामको पर्यटन विकास र
विस्तारका लागि आवश्यक नीतिनियम
तथा मापदण्डको अभाव रहेको छ । दिगो पर्यटन
विकासका लागि अवाश्यक गुरुयोजना, नीति नियम र
दृष्टिकोणको अभाव रहेकोछ ।
इलाममा जथाभावीरेष्टुरेण्ट, होटल, लज
तथा गेष्टहाउस खोलिने प्रचलन बढ्दै गई
रहेको पाइन्छ । जसले इलामको पर्यटन
विकासमा चुनौती खडा गरेको छ । हाल यहाँ सञ्चलन
भएका ३०० बढि होटल, लज र गेष्टहाउस मध्ये
अधिकांश होटल जसलाई मोटलको रुपमा परिभाषित र
सुधार गरिनु आवश्यक छ । त्यसकारण इलाममा मोटल,
होटल, लज, गेष्ट हाउस आदि खोल्न
तथा सञ्चालनका लागि आवश्यक स्थानीय मापदण्ड र
नीति नियम निर्माण गरी नियमित अनुगमन र
मूल्यकांन गरिनु जरुरी भएको छ । यसका साथै
जथाभावी हुने विकास निर्माणलाई दिगो र
व्यवस्थित गरी दिगो पर्यटन विकास र
विस्तारका लागि आवश्यक नीतिनियम,
योजना निर्माण गरिनु पनि जरुरी छ । हाल पर्यटन
पूर्वाधार निर्माणका क्रममा विभिन्न विकृतिहरु
देखा परेका छन् जस्तै, इलाम नगरपालिका भित्र
निर्माण भएका होटल, भ्यूटावरतथा घण्टाघरले
स्थानीय मौलिकपन र सुरक्षालार्ई ध्यान
दिएको पाइएन् । यसरी विकासको वहानामा थपिने
पक्की जंगलले इलामको पर्यटन उद्योगको विकास
भन्दा पनि विनासमा टेवा पु¥याउने देखिन्छ । त्यस्तै
इलाममा जथाभावी सडक निर्माण गर्ने प्रचलन बढ्दै
छ ।साथै दिन प्रतिदिन इलाममा अपराधिक घटनाहरु
घटेको समाचारहरु आईरहेका छन्। जसले
इलामको पर्यटन व्यवसायलाई समेत नकारात्मक असर
पार्दछ ।त्यसकारण
इलाममा दिगो पर्यटनका लागि शान्तिसुरक्षा,
फोहोर व्यस्थापन, सहरीकरण,
सेवासुविधा तथा विकास निर्माण र आयोजनालाई
दिगो, स्थानीय मौलिकपन र वातावरणमैत्री बनाउन
र यहाँ सञ्चालन भएका पर्यटकीय सेवा क्षेत्रलाई
व्यवस्थित र पर्यटनमैत्री बनाउन अवाश्यक नीति,
योजना र मापदण्ड निर्माण र कार्यान्वयन गरिनु
जरुरी छ । त्यस्तै बनेका नीति, गुरुयोजनालाई
कार्यालयमा नथन्काई व्यवहारमा उतार्न त्यतिकै
जरुरी छ ।
भौगोलिक विकटता, समन्वय अभाव, सरसफाई,
अव्यवस्थित सहरीकरण, अध्यागमन कार्यालयको अभाव
जस्ता चुनौतीहरुले पनि इलामको पर्यटन
उद्योगको विकास र विस्तारलाई असर
पारि रहेको छ । यस्ता चुनौतीहरु
समाधानका लागि सबै सरोकारवाला निकाय
तथा स्थानीय समुदाय बीच छलफल तथा सहकार्य हुनु
जरुरी छ ।
अन्त्यमा, इलामेली पर्यटन उद्योग वा व्यवसायले
सोचे आनुसार गतिलिन नसके पनि निराश भै हाल्नु पर्ने
अवस्था भने आएको छैन् । इलामको सम्भावय पर्यटकीय
उत्पादन÷गन्तव्य पहिचान गर्दै
चुनौतिहरुको समाधनका दीर्घकालिन उपायहरु
निकाल्दै दिगो पर्यटन विकासमा ध्यान दिन सके
इलामेली पर्यटनको भविष्य उज्जवल रहेको छ ।
जसलाई कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रको गत
आर्थिक वर्षको तथ्यांकले पुष्टि गर्दछ ।
सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष
२०७०÷७१मा आन्तरिक १६०० र वाह्य १५४
पर्यटकहरुले इलाम जिल्लाको भ्रमण गरेका छन् । साथै,
यो आर्थिक वर्ष २०७१÷७२को हाल सम्म आन्तरिक
३५५ र वाह्य ७४ पर्यटकहरु इलाम भित्रिएका छन् ।
त्यसकरण, पर्यटनमैत्रि नीति, नियम,
सेवा सुविधा विस्तार, दक्ष जनशक्ति उत्पादन र
पूर्वाधार निर्माण तथा नियमित अनुगमनले
इलामकोे पर्यटनलाई दिगो र व्यवसायिक बनाउन
सकिन्छ । यसमा इलामेली जनता, स्थानीय
सरकारी निकाय तथा गैर सरकारी निकायहरुबीच
सहकार्य अनिवार्य छ । जय देश। धन्यवाद !

(Published in Sandakpur daily, 24/09/014)

प्राथमिक उपचारः एक परिचय र महत्व

परिचयः

सामान्यतयः दैनिक जीवनयापनका क्रममा साना–तिना चोटपटक लाग्दछन् । जसको हामी घरमा वा आफै हेरचाह तथा उपचार गर्दछौं । तर कहिले काहि हामीले कल्पना नगरेका विभिन्न दुर्घटनाहरु घट्न सक्दछन्, त्यस्ता घटनाहरु हामीले देखेका, सुनेका र अनुभव गरेका छौं । यसरी साना वा ठूला चोटपटक वा घाउ लाग्दा स्थानीय स्तरमा प्राप्त साधन र श्रोतको प्रयोग गरी सम्भव भए सम्मका सहयोग र प्रयत्न गर्दै घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पताल लानु पर्दछ वा लगिन्छ । यसरी घटनास्थलबाट स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व गरिने स्यहार, सेवा आदिलाई सामान्यतयः प्राथमिक उपचार भन्ने गरिन्छ ।

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वस्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचार बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार वा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकिन्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । (नेपाली विकिपीडिया, २०१४)

प्राथमिक उपचार सेवाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार सम्बन्धि परिभाषालाई यहाँ प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ । रेडक्रसको प्राथमिक उपचार स्वयम्सेवक निर्देशिका–२०६० अनुसार, “घाइते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र श्रोतहरुको प्रयोग गरी, सुरक्षा नियमका  आधारमा,  दक्ष चिकित्सा नपाउँदासम्म, गरिने स्यहार वा सुसार नै प्राथमिक उपचार हो । ”

यी माथिका २ परिभाषालाई हेर्दा प्राथमिक उपचार भन्नाले बिरामी वा घाइते मानिसलाई दक्ष चिकित्सा सेवा उपलव्ध हुने स्थानसम्म पु¥याउन पूर्व गरिने उपचार, स्यहार, सुसार आदिलाई प्राथमिक उपचार भनिन्छ । स्थानीयस्तरमा यस्तो सेवा प्रदान गर्न नेपाल रेडक्रस सोसाइटी तथा अन्य निकायहरुले बेला–बेला तालिम तथा अभिमुखिकरण गर्दै आई रहेको छ । प्राथमिक उपचार सेवा डाक्टरले जस्तो विभिन्न औषधीहरु प्रयोग, अपरेशन आदि  गरी गरिने उपचार होइन् । स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जोखिम कम गर्न, सान्तवना दिन र हौसला प्रदान गर्न गरिने सामान्य उचपार वा प्रयासलाई बुझ्नु पर्दछ । यो सेवामा स्थानीय स्तरमा उपलव्ध सामाग्रीहरुको प्रयोग गरी जोखिम कम गर्ने प्रयास गरिन्छ । जस्तैः हाड भाँचिए बाँस, कार्टुन आदि प्रयोग गरी काम्रो बाध्ने, कुनै अंग काटिएर रगत बगेमा रक्तश्राव रोक्न सफा कपडा वा पट्टी प्रयोग गरी रक्तश्राव रोक्ने आदि कार्य गरिन्छ । प्राथमिक उपचार पश्चातः आवश्यक अन्य उपचार र सेवाका लागि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्था लाने काम गरिन्छ वा सल्लाह दिइन्छ ।

उदेश्यः प्राथमिक उपचारका मूख्य तीन उद्देश्यहरु निम्नानुसार छन् ः

१. जीवन बचाउनु,

२. अवस्था झन्–झन् बिग्रन नदिनु

३. अवस्थामा सुधार ल्याउनु

प्राथमिक उपारका सिद्धान्तहरुः नेपाल रेडक्रस सोसाइटीको  प्राथमिक उपचार स्वयम्सेवक निर्देशिका–२०६० अनुसार, प्राथमिक उपचारकले घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा निश्चित सिद्धान्तमा आधारित रहेर गर्नुपर्छ । ती सिद्धान्तहरु निम्नानुसार छन्ः

१. सुरक्षा प्रथमः घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा उपचारकले पहिले आफ्नो सुरक्षालाई प्राथमिकता दिनुपर्छ । त्यसपछि घाइतेको र रमितेको सुरक्षाको बारेमा समेत ध्यान दिनुपर्दछ ।

२. अस्थायी हेरचाहः दुर्घटनामा प्रभावित वा बिरामीले दक्ष चिकित्सकको सेवा नपाउन्जेलसम्म गरिने स्याहार–सुसार अस्थायी हेरचाह हो । यस अवस्थामा एउटा प्राथमिक उपचारकले दक्ष उपचारको स्थान लिंदैन ।

३. मानवतामा आधारित नैतिक सहयोगः प्राथमिक उपचार गर्न कसैलाई कानुनी रुपमा वाध्य गराउन सकिदैन । तर समुदायमा रहेका सुख–दुःख बाँडचुँड गर्ने चलन अनुसार दुर्घटनामा चोटपटक लागेका असहाय व्यक्तिलाई सहयोग गर्नु आफ्नो नैतिक र मानवीय कर्तव्य ठानेर प्राथमिक उपचार गरिएको हुन्छ । यस अर्थमा प्राथमिक उपचारलाई मानवतामा आधारित सहयोग मान्न सकिन्छ ।

४. निष्पक्षताः प्राथमिक उपचारकले कुनै पनि आधारमा भेदभाव नगरी घाइतेलाई निष्पक्ष सेवा पु¥याउँदछ । तर यसको अर्थ प्राथमिकताका आधारमा जसलाई जे बढी आवश्यक हुन्छ सो अनुसार सेवा प्रदान गर्नु पनि हो । यस्तै प्रकारले प्राथमिक उपचारकले धेरै घाइते वा बिरामी भेटेको स्थितिमा पनि सबैभन्दा गम्भिरलाई पहिलो प्राथमिकता दिने गरी आफ्नो सेवा अगाडि बढाउनु पर्दछ । जस्तैः टाउको मा चोट लागेको र हात भाचिएको मध्ये प्राथमिकताको आधारमा टाउकोमा चोट लागेको व्यक्तिलाई उपचार गर्न पर्दछ ।

५. तटस्थताः कुनै–कुनै दुर्घटना हुनुमा विवादास्पद कारण हुन सक्छ । सडक दुर्घटना भए चालक वा यात्रु मध्ये कसैको त्रुटिको कारणले दुर्घटना भएको हुनसक्छ । हुलदङ्गा भए साम्प्रदायिक, राजनीतिक आदि विवादका मुल कारण हुनसक्छन् । यस्तो विवादास्पद अवस्थामा प्राथमिक उपचारकले उपचारबाहेक घटनाको कारणको विश्लेषण गर्ने, ठीक–बेठीकमा आफ्नो मनसाय व्यक्त गर्ने र न्यायिक प्रक्रियामा भाग लिने कार्य गर्दैन । किन भने प्राथमिक उपचार तटस्थतामा आधारित सेवा मानिन्छ ।

यसका अतिरिक्त राजनीतिप्रेरित द्वन्द्वात्मक परिस्थितिमा प्राथमिक उपचारकको रुपमा अघिसर्ने व्यक्तिलाई राजनीतिक दृष्टिकोणले पनि तटस्थ व्यक्ति हुनुपर्ने अपेक्षा राखेको पाइन्छ । त्यसैले प्राथमिक उपचारक तटस्थ रहेमा उसले सबै पक्षबाट सहयोग र विश्वास प्राप्त गर्न सक्दछ ।

६. एैच्छिक सेवाः प्राथमिक उपचार सेवा स्वेच्छाले गरिने सहयोग हो , यो आर्थिक लाभबाट नभई विशुद्ध सेवाको भावनाले गरिन्छ ।

प्राथमिक उपचारकको जिम्मेबारीः निर्देशिका अनुसार प्राथमिक उपचारकको जिम्मेबारी निम्मनानुसार हुन्छन् ः

१. सुरक्षाको स्थिति सुनिश्चित गर्नेः दुर्घटनास्थलमा खतराहरु भए–नभएको पहिल्याउने, आफू र घाइते साथै अन्य व्यक्तिको स्थिति सुरक्षित पार्ने कार्य प्राथमिक उपचार गर्ने व्यक्तिको प्रथम दायित्व मानिन्छ ।

२. उपलब्ध साधन र श्रोतहरुको उपयोग गर्नेः प्राथमिक उपचार गर्ने व्यक्ति दुर्घटनास्थलमा पुग्दा उसलाई आफ्नो कार्य गर्ने क्रममा अन्य सहयोग, थप साधन र सामाग्रीहरुको आवश्यकता पर्न सक्छ । यस प्रकार ठाउँ अनुसार स्थानीय व्यक्ति, साधन र सामाग्रीहरुको उपयोग गरेर आफ्नो सेवालाई सफल पार्ने दायित्व प्राथमिक उपचारकको हुन्छ ।

३. जाँच÷परीक्षण गर्नेः प्राथमिक उपचाकले घाइते वा बिरामीहरुलाई समस्या र अवस्था अनुसार घाइते वा बिरामीको अवस्था र यसका कारण बुझेर प्राथमिक उपचार गर्नुपर्ने भएकाले प्राथमिकतानुसार जाँच गर्नुपर्ने हुन्छ । जस्तैः दुर्घटनामा भएका घाइतेलाई टाउका देखि पाइतलासम्म जताततै चोट लागेको हुनसक्दछ । जोखिमका आधारमा विचार गर्ने हो भने टाउकाको घाउ अन्य भागमा लागेको घाउ–चोटभन्दा जीवनका लागि जोखिमपूर्ण हुन्छ । यसकारण प्राथमिक उपचारकले प्राथमिकताका आधारमा टाउको पहिला र क्रमशः छाती, पेट देखि खुट्टातर्फ प्राथमिक उपचार गर्नुपर्दछ ।

४. प्राथमिक उपचार गर्नेः प्राथमिक उपचारकले जाँच कार्य सके पछि प्राथमिकता अनुसार घाइतेको जीवन बचाउने, अवस्था बिग्रन नदिने र अवस्था सुधार गर्ने कार्यमा सहयोग पुग्ने गरी प्राथमिक उपचार गर्नुपर्दछ ।

५. ओसार्नेः घाइतेको अवस्था अनुसार चिकित्सकलाई घटनास्थलमै बोलाउने हो वा स्ट्रेचर वा एम्बुलेन्समा अस्पताल लैजाने हो बुझेर आवश्यक व्यवस्था गर्ने वा गराउने जिम्मेवारी प्राथमिक उपचारकको हुन्छ ।

६. विवरण दिनेः घाइतेलाई घटनास्थलबाट अस्पताल पु¥याइसके पछि पनि चिकित्सकलाई प्राथमिक उपचारकले उसको विवरण दिनुपर्ने हुन्छ । जसले स्वास्थ्यकर्मी वा चिकित्सकलाई आवश्यक उपचार चाडो सुरु गर्न मद्दत मिल्दछ । जस्तैः घाइतेको नाम, ठेगाना, समस्या, समय, गरेको प्राथमिक उपचार आदि ।

महत्वः 

प्राथमिक उपचार दैनिक जीवनमा अवश्यक पर्ने एक महत्वपूर्ण ज्ञान र सीप हो । भनिन्छ नि, दुर्घटना कहिले पनि जनाएर आउदैन । त्यसैले घर, कार्यालय, यातायातका साधनहरु, पसलमा प्राथमिक उपचारका लागि आवश्यक प्राथमिक उपचार बक्स राख्नु जरुरी वा बुद्धिमता हुन्छ । जहाँ, घाउ, चोटपटक, हाड भाचिदा वा मर्कदा प्रयोग गर्न सकिने आधारभूत सामाग्रीहरु जस्तै पट्टीहरु(पुछ्रे, रोलर, क्रेप, तीनकुने आदि) , गज प्याड, हेण्डीपलाष्ट, डिटोल, वेटाडिन आदि राख्नु लाभदायिक हुन्छ । प्राथमिक उपचार सामाग्री र आधारभूत सीप÷ज्ञान भए  आफ्नो परिवार, आफन्त, साथीभाइ आदिको ज्यान बचाउन वा स्वास्थ्य चौकी÷अस्पताल सम्म पु¥याउन सजिलो हुनेछ । तर, हाम्रो घर, कार्यालय, विद्यालय, सवारी साधन आदिमा न्यून्तम् सामाग्रीहरु सहितको प्राथमिक उपचार बक्स राख्न हामी हेलचेक्राई गर्दछौं । प्राथमिक उपचारको महत्व र अवाश्यकताको विषयमा हामी सबैलाई जानकारी भएको विषय बस्तु हो । तथापी, प्राथमिक उपचारका महत्वको विषयमा तलका मूख्य बुदाँहरुमा चर्चा गर्ने अनुमति चाहान्छु ।

१. जीवन रक्षाः प्राथमिक उपचार सेवा वा ज्ञानले दुर्घटनाका घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जीवन रक्षाका लागि प्राथमिकताका आधारमा आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । साथै घाइतेको ओसार–प्रसारको सुरक्षित माध्यम निधारण गरी कम जोखिमपूर्ण माध्यमबाट सुरक्षित साथ अस्पताल वा स्वास्थ्य संस्था लैजान मद्दत गर्दछ । जस्तैः कुनै रक्तश्राव भएको घाइते वा बिरामीको रक्तश्राव समयमा नै रोक्न नसके धेरै रगत बगेर रगतको कमि हुन गई मृत्यु हुन सक्ने वा अन्य जटिलता देखिन सक्छ । त्यसकारण जटिलता कम गर्न र जीवन रक्षाको लागि प्राथमिक उपचारको ज्ञान वा सीप महत्वपूर्ण हुन्छ ।

२. जोखिम कम गर्नुः प्राथमिक  उपचारको ज्ञान वा सीपले  कुनै घाइते वा बिरामीको स्वास्थ्य अवस्था, घाउ आदिको अवस्था हेरी प्राथमिकताका आधारमा प्राथमिक उपचार गर्न मद्दत पु¥याउदछ । जसले घाइतेका अवस्थालाई स्थिर राख्न, आवश्यक विकल्पका बारेमा सोच्न र निर्णय लिन र आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । जसले घाउ वा चोट–पटकबाट उत्पन्न हुने जोखिम कम गर्न, संक्रमणबाट बचाउन, हाड भाचिएको अवस्थामा हाडहरुलाई स्थिर राख्न, सर्पले टोकेको अवस्थामा पट्टीको माध्यबाट रक्तश्रावको प्रवाहलाई कम गर्न र रक्तश्राव भएको अवस्थामा रक्तश्राव रोक्न चाप दिने, उठाउने  तथा पट्टी बाध्ने आदि बैकल्पिक उपायहरु अवलम्बन गर्न प्रेरित र सहयोग गर्दछ ।

३. मनोबैज्ञानिक परामर्श दिनुः प्राथमिक उपचारको ज्ञान वा सीपले घाइते वा बिरामीलाई आवश्यक मनोबैज्ञानिक परामर्श दिन सहयोग गर्दछ । कुनै व्यक्ति वा परिवार यदि दुर्घटनमा परेमा उक्त घाइते व्यक्ति र उनीहरुको परिवार आत्तिने , हडवडाउने, बेहोस हुने आदि समस्याहरु देखा पर्दछ । यस्तो समस्या न्यूनिकरणका लागि बिरामी वा घाइतेलाई सान्तवना दिने, केहि भएको छैन, चिन्ता लिनु पर्दैन भन्दै ढाड्स दिने र सम्झाउने कार्य गर्न जरुरी हुन्छ । यदि यसो नगरिएको खण्डमा आत्तिएर, चिन्ता लिएर थप खतरा वा जोखिम देखा पर्न सक्दछ । जस्तैः क्षोभ हुने, हृद्यघात हुने समस्याहरु देखा पर्न सक्दछ । जसले थप तनावको वातावरण सिर्जना गर्दछ । यहाँ, सर्पले टोकेको अवस्थाको बारेमा चर्चा गरिनु उपयुक्त हुन्छ । यदि कुनै व्यक्तिलाई सर्पले टोकेमा उक्त व्यक्ति आत्तिने र हडबडाउने हुन्छ । जसले गर्दा उसको मुटुको धड्कन झन बढ्न जान्छ । जसले गर्दा रगतको प्रवाह अझ बढ्दछ । जसले गर्दा टोकिएको स्थानबाट विष रगतको माध्यबाट मष्तिस्क वा शरिरका अन्य भागहरुमा चाडै फैलिन्छ । जसले गर्दा जोखिम सिर्जना हुन्छ वा विरामीको मृत्यु सम्म हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा उक्त बिरामीलाई सान्तवना दिदै, प्राथमिक उपचार गरी अस्पताल पु¥याई उसको ज्यान बचाउन सकिन्छ । साथै सर्पले टोकेको बिरामीलाई निदाउन दिनु हुदैन । यदि निदाएका खण्डमा उसको मष्तिस्कलाई चाडै विषले प्रभाव पार्न सक्ने हुदाँ उसलाई निदाउन दिनु हुदैन । यस्तो ज्ञान वा कला सबै  मानिसमा नहुने हुदाँ प्राथमिक उपचारको ज्ञान वा सीपले यी कुरा बुझ्न र व्यवहारमा प्रयोग गर्न मद्दत गर्दछ ।

४. वैज्ञानिक सीपः प्राथमिक उपचार एक कला हो । यसलाई आफ्नो लगन र ज्ञानको आधारमा अभिबृद्धि गर्न र परिस्कृत गर्न सकिन्छ । साथै यो विज्ञानमा आधारित सिकाइ वा सीप हो । यहाँ प्रयोग गरिने हरेक विधि र उपायहरुको वैज्ञानिक कारण वा तर्क हुने गर्दछ । जसले गर्दा घाइते वा विरामीको प्राथमिक उपचार सहि र जोखिम रहित हुने गर्दछ । त्यसकारण प्राथमिक उपचारको ज्ञान वा सीप लिनु, सिक्नु आवश्यक र महत्वपूर्ण छ । जस्तैः सामान्य वा स्थानीय विधि अनुसार नाकबाट रक्तश्राव वा रगत बगेमा नाकलाई आकाश तर्फ फरकाई राख्न सुझाव दिइन्छ वा राख्न लगाइन्छ । तर प्राथमिक उपचारको औपचारिक शिक्षा वा तालिम लिएको व्यक्तिले यस्तो अवस्थामा उक्त (नाकबाट रक्तश्राव भएको) व्यक्तिलाई नाक हातका औलाले बन्द गर्न लागाई जमिन तिर निहुरेर बस्न लगाउछन् र सास फेर्न सजिलो होस भनेर मुखमा मकैको खोया, कलम, मार्कर आदि दह्रो बस्तु दातले टोक्न लगाउछन् । अब प्रश्न उठ्छ, की न? यसको बैज्ञानिक कारण सहितको उत्तर पनि छ, उक्त रक्तश्राव भएको व्यक्तिलाई नाक आकाश तिर पार्न लगाएमा रगत मष्तिस्क तर्फ जाने र मष्तिस्कको नजिक गएर जम्ने साथै सफा गर्न गाह्रो हुने हुन्छ । जसले गर्दा थप समस्या देखा पर्न सक्दछ । तर यदि उक्त व्यक्तिलाई नाक समाई जमिन तर्फ निहुरेर बस्न लगाउने हो भने रगत आफै जम्दछ । रक्तश्राव बन्द भएपछि नाको टुप्पामा आएर जमेको रगतलाई सजिलै संग सफा कपडा  र पानीको सहयोगमा सफा गर्न सकिन्छ । साथै यसो गर्दा कुनै पनि जोखिम देखा पर्दैन । यो त एक प्रतिनिधि उदाहरण मात्र हो।  प्राथमिक उपचारको तालिम वा सीपमा यस्ता विभिन्न वैज्ञानिक विधि र कारण सहितको सीप र ज्ञान प्रदान गरिन्छ । प्राथमिक उपचारको महत्वको विषयमा जति जर्चा गरे पनि कम हुन्छ । त्यस कारण अहिलेलाई यसको महत्वलाई माथि उल्लेख गरिएको चार बुदाँमा समिति गर्ने अनुमति चाहान्छु ।

अन्त्यमा, माथि प्रस्तुत गरिएको प्राथमिक उपचारको परिभाषा, उद्देश्य, सिद्धान्त र महत्वका आधारमा प्राथमिक उपचारको बारेमा जिज्ञासा, रुचि र महत्व बोद्य गराउनु यो लेखको उद्देश्य हो न की प्राथमिक उपचारका सबै विषय बस्तुमा चर्चा गर्नु । यदि यहाँलाई प्राथमिक उपचारको सीप वा ज्ञान वा तालिमका लिन अभिरुचि भए नेपाल रेडक्रस सोसाइटी लगायतका अन्य अनुमति प्राप्त निकायहरुमा सम्पर्क र माग गर्न सक्नु हुनेछ । अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट वा किताब मार्फत यस विषयमा ज्ञान लिन सक्नु हुनेछ । साथै एन्ड्रोइट वा एप्पल स्वफ्टव्यर भएका मोवाइल चलाउने पाठहरुले गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट प्राथमिक उपचार (ँष्चकत ब्ष्म) सम्बन्धि एप्स डाउनलोड गरी अध्ययन र प्रयोग गर्न सक्नु हुनेछ । तर ति इन्टरनेट , किताव वा एप्सका प्राथमिक उपचार सम्बन्धि ज्ञान÷सीप र उपायहरु सहि र प्रभावकारी छन् भन्नेमा पाठ आफै सचेत र जानकार हुनु आवश्यक छ । तर, नेपालको सन्दर्भमा  अन्तर्राष्ट्रिय रेडक्रस, नेपाल सरकार र नेपाल रेडक्रसको समन्वयमा स्थानीय अवस्था र परिस्थितिलाई मध्य नजर गरेर प्राथमिक उपचार सम्बन्धि पाठ्याक्रम निर्माण र प्रयोग गरिएको पाइन्छ । यसै पाठ्यक्रमका आधारमा नेपाल रेडक्रस तथा अन्य निकायले प्राथमिक उपचार सम्बन्धि आधारभूत र एडभान्स तालिमहरु सञ्चालन गर्दछन् । नेपाल रेडक्रस सोसाइटीले स्थापना कालदेखि नै  प्राथमिक उपचार सेवालाई सरल र सुलभ बनाउने उद्देश्यले विभिन्न स्तरमा स्वयम्सेवक, शिक्षक नायक तथा जुनियर÷युवा रेडक्रसका सदस्यहरुलाई निशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साथै अनुरोध र आवश्यकताका आधारमा रेडक्रस अभियान बाहेकका व्यक्ति, समुदाय, संस्था, कार्यालयहरुलाई पनि सशुल्क तालिमको सञ्चालन नेपाल रेडक्रसले गर्ने गरेको छ । त्यसैले छैटौ प्राथमिक उपचार दिवस (प्राथमिक उपचर दिवस हरेक अंग्रेजी वर्षको सेक्टेम्बर महिनाको दोश्रो शनिबार मनाइन्छ)  अवसरमा सबै पाठ वर्गलाई शुभकामना व्यक्त गर्दै प्राथमिक उपचारको ज्ञान÷सीप र विधि सिक्दै जीवन रक्षाका लागि प्रयोग गरौ भन्ने कामना र अनुरोध… । जय देश !

Note: This article was published on Today’s Sandakpur Daily (http://www.sandakpuronline.com/news/thoughts/2014-09-12/2414.html)

 

युवा, अवसर र चुनौती

Current mind-set pf youth.
Current mind-set pf youth.

पृष्ठभूमिः

राष्ट्रिय जनगणना–०६८ अनुसार देशको कुल जनसंख्याको ५५% प्रतिशत हिस्सा २५ वर्ष मुनिका युवाहरुले ओगटेका छन् । त्यस कारण नेपाललाई युवा देश भनिन्छ । तर पनि युवालाई देशको सम्पत्तिको रुपमा कहिले हेरिएको छैन्, देश विकासमा उनीहरुको उर्जा र  सिर्जनशिलतालाई कमै मात्र प्रयोग गरेको पाइन्छ । राष्ट्रिय युवा नीति–२०६६ले १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेश्रोलिंगीहरुलाई युवा भनी परिभाषित गरे पनि मुलतः युवा भन्नाले जोश, जाँगर र उत्पादशिलतालाई बुझ्नु उपयुक्त हुन्छ । साथै यो उमेर समूहलाई बाल्यकाल देखि व्यस्क बीचको संक्रमणकालिन अवस्थाको रुपमा पनि लिन सकिन्छ । युवालाई विभिन्न विशेषणयुक्त वाक्य सहित परिभाषित गरिएता पनि समाज, राजनैतिक दल र राज्यसँग स्पष्ट नीति र कार्यक्रम र इच्छाशक्तिको अभाव छ । युवाहरु राष्ट्रको महत्वपूर्ण मानव श्रोत भएकाले आर्थिक, सामाजिक, राजनीतिक, संस्कृतिक लगायत जनजीवनका हरेक क्षेत्रमा उनीमा क्षमता विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन राष्ट्रिय युवा नीति आवश्यक छ र नीतिको कार्यन्वयन हुनु आवश्यक छ । जसले युवालाई अवसर सिर्जना गर्न, सशक्तिकरण, क्षमता अभिवृद्धि, जिविकोपार्जनका विकल्प तयार गर्न मद्दत गरोस् । खाली पेट युवाले देश विकास र निर्माणमा हातेमालो गर्न सक्दैन । आफ्नै देशमा गुणस्तरीय शिक्षा, रोजगारीका अवसर सहितको उज्वल भविष्य निर्माण गर्न सरकार तथा अन्य सम्बन्धित पक्षहरुले अवश्यक वातावरण सिर्जना गर्न सके दैनिकरुपमा शिक्षा, रोजगारी  जस्ता सपना र लक्ष्य लिएर नेपाली युवाहरु विदेशिनु पर्दैन थियो की ? अन्नपूर्ण पोष्ट दैनिकको पछिलो समाचार अनुसार (१३ भदौ २०७१), “हाल वैदेशिक रोजगारीमा सरकारको अनुमति लिएर जानेको संख्या करिब ३३ लाख छ । यसबाहेक अवैधरुपमा जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ । दैनिक औसत १५०० जना विदेसिने गरेका छन् । विदेसिएका कामदारले पठाएको रेमिटयान्सले मुलुकको अर्थतन्त्र चलायमान बनेको छ ।” पहिले पनि देश र समाज युवामा निर्भर थियो र अहिले पनि छ । विदेशी भूमिमा बगाएको रगत र पसिनाले कमाएको रकम देशमा ल्याएर देश सञ्चालनमा टेवा पु¥याएका छन् । युवाले धानेको देशमा युवा जमातलाई नै अवसर, निर्णय प्रक्रिया, सहभागिता, नेतृत्व आदि क्षेत्रबाट टाढा राखिएको छ । 

युवाहरुको बारम्बारको मागका कारण ‘राष्ट्रिय युवा नीति–२०६६’ ल्याउन सरकार वाध्य भए पनि नीतिमा लेखिएका चिल्ला कुराहरु पुरा गर्न सरकार उदासिन देखिन्छ । नीतिको दीर्घकालीन सोचमा “ युवाहरूको आधारभूत अधिकारहरूको प्रत्याभूति गर्दै युवा सशक्तीकरणको माध्यमबाट कलिलो उमेरका संवेदनशीलतालाई समेत दृष्टिगत गरी सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी राष्ट्रका युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउनु यस राष्ट्रिय युवा नीतिको दीर्घकालीन सोच हुनेछ । ” र लक्ष्यमा “सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासको माध्यमबाट युवाहरूलाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाहरूको भूमिका र तिनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु यस नीतिको प्रमुख लक्ष्य हुनेछ ।” भनी उल्लेख गरिए पनि नीति अनुसारको व्यवहारिक पक्ष भने शून्य नै देखिन्छ । साथै नेपाल सरकारले अवसर, क्षमता अभिबृद्धि आदि युवाका सवालमा कार्य गर्न युवा तथा खेलकुद मन्त्रालय निर्माण गरेको भए पनि यो राजनीतिक भागबण्डा र शक्ति प्रदर्शन गर्ने थलो मात्र बन्न पुगेको छ । यसले युवाका हितमा केहि काम गर्ला भनेर आशा गर्नु मुर्खता मात्र हुनेछ ।

राष्ट्रिय युवा नीतिले युवालाई उमेरको आधारमा परिभाषित गर्दै युवालाई ६ समूहमा विभाजन(परिभाषा सहित) गरेको छ । जस अनुसार, १.प्राथमिकताको समूह (यस समूहमा महिला, आदिवासी, जनजाति, दलित मधेसी तथा पिछडिएको क्षेत्रका युवाहरु पर्दछन्), २. विशेष प्राथमिकताको समूह (यस समूहमा, द्वन्द्वपिडित, जोखिममा परेका युवा, अपांगता भएका युवा र सीमान्तकृत अल्पसंख्यक समुदायका युवा पर्दछन्), ३. द्वन्द्वपिडित युवा (यो समूहमा वि.सं. २०५२ साल देखि २०६३ मंसिर ५ गते सम्म नेपालमा भएको सशस्त्र द्वन्द्व र पछिल्ला समयका द्वन्द्वमा परी मृत्यु भएका पीडित परिवारका, अंगभंग बनाइएका  तथा विस्थापित भएका युवाहरु पर्दछन्), ४. जोखिमा रहेका युवा (यो समूहमा एच.आई.भी÷एड्स संक्रमित, बेचबिखनमा परेका, लागु औषधका प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, सडकमा रहेका, मुक्त कमैया परिवारका तथा असुरक्षित गन्तव्यका मुलुकहरुमा वैदेशिक रोजगारीमा संलग्न युवाहरु पर्दछन्), ५. अपांगता भएका युवा (सबै प्रकारका शारिरिक र मानसिक अपांगता भएका युवाहरुलाई जनाउने छ) र ६. सीमान्तकृत अल्पसंख्यक समुदायका युवा (यसले  भौगोलिक विकटता, जातीय, भाषिक, संस्कृतिक, क्षेत्रिय, वर्गीय तथा लैंगिक आधारमा राज्य र गैरराज्यका सेवा सुविधाबाट वञ्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासको मूल प्रवाहमा आउन नसकेका अन्य युवाहरुलाई जनाउने छ ) समूहहरु रहेका छन् । 

नीतिले जीवनयापनका आधारभूत अधिकार, शिक्षा, स्वास्थ्य तथा परिवार कल्याण, सामाजिक सुरक्षा, रोजगारी, युवा सशक्तिकरण तथा नेतृत्व विकास, सहभागिता तथा परिचालन, लागु पदार्थ दुव्र्यसन नियन्त्रण, मानव तस्करी तथा मानव बेचबिखन नियन्त्रण, वातावरण संरक्षण तथा दिगो विकासमा युवा सहभागिता, विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँच आदि १७ बुँदे कार्यनीतिहरु तय गरेको छ । युवा नीति तथा यसको कार्यनीतिको विषयमा आगामी लेखहरुमा चर्चा गरिनेछ । यो कार्यनीतिको कार्यन्वयन कसरी भई रहेका छ भन्ने कुरामा कम्तिमा हामी इलामेली युवा अनभिज्ञ छौं । कार्यनीतिलाई यथासीर्घ कार्यन्वयन गरी युवाको वृत्ति–विकास र सशक्तिकरणमा लाग्न स्थानीय तथा केन्द्रिय सरकारलाई खबरदारी गर्नु जरुरी छ । त्यस कारण, आफ्नो लागि तयार गरिएको नीतिको बारेमा चासो लिई आफ्नो दायित्व र अधिकारको लागि जुट्न सबै युवामा हार्दिक अनुरोध छ । 

  त्यस्तै संविधान सभाको निर्वाचन (पहिलो र दोश्रो)का क्रममा युवाका विषयमा धेरै बहसहरु भए, पाटीहरुका घोषणा–पत्रहरुमा युवाका मुद्दाहरु समावेश भए, युवा मतदाताहरुसँग प्रतिवद्धता पनि जाहेर गरे । तर निर्वाचनमा विजय भए पश्चात युवा र युवासँग गरिएका प्रतिवद्धता निर्वाचन क्षेत्रमा नै रहे, सभासदहरु बानेश्वर पुगे । रोजगारीका अवसर, बेरोजगार भत्ता आदि युवासँग जोडिएका विषयहरुमा सस्ता प्रचारबाजी गरे अनी झुटा प्रतिज्ञा गरे । देश र समाजका अन्य पक्षले भन्दा पनि राजनैतिक दल र तीनका नेताहरुले हामी युवालाई स्वार्थ पूर्तिको माध्यम बनाएका छन् । हामी पनि बनावटी चिल्ला कुराहरुको पछि लाग्दै उनीहरुको पिछालगु बन्दै उनीहरुको स्वार्थको लागि आफ्नो युवा जोस र जाँगर खर्च गर्दछौं ।  अन्त्यमा प्राप्ति शून्य । विचार र राजनीतिक आस्था आफ्नै ठाउँमा होला तर युवाको मुद्दामा एक हुनु आवश्यक छ ।

समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रिय स्वाधीनता तथा नेपालको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न, आर्थिक, सामाजिक, राजनीतिक तथा संस्कृतिक रुपान्तरणमा युवा नेतृत्वको सम्भावनालाई मूर्तरुप दिन र राज्य सञ्चालनका हरेक प्रक्रियामा युवाहरुको सक्रिय सहभागितालाई सुनिश्चित गर्न राज्यले ठोस नीति तथा कार्यक्रमको व्यवस्था युवा नीतिमा उल्लेख भए अनुसार गर्नु जरुरी छ र यसका लागि हामी सबै युवा एकजुट भएर लाग्नु पर्ने बेला आएको छ ।

यती धेरै नकारात्मक प्रसङ्गहरु चल्दा–चल्दै पनि युवाहरुको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका सकारात्मक प्रयासहरुलाई समर्थन छ । युवाहरु आफै पनि आफ्नो हक, हित, अधिकार र दायित्वको लागि संगठित भई रहेका छन् । जसको उदाहरणको रुपमा युवा, आयोन (ब्थ्इल्), शिक्षा नेपाल आदि युवाहरुले युवा र सामाजिक उत्तरदायित्वको लागि सञ्चालन गरेका अभियानलाई लिन सकिन्छ । तथापी केही सरकारी तथा गैरसरकारी संघ÷संस्थाले भने युवालाई मागि खाने भाडो रुपमा पनि प्रयोग गर्दै आएका छन् । यस्ता कार्यलाई निरुत्सायित गर्न हामी सबै एक भएर लाग्नु जरुरी छ ।

अवसरः

        युवा भविष्यको कर्णधार हुन भने वर्तमानका साझेदार । देशलाई विकास र संबृद्धि तर्फ उन्मुख गर्ने काममा युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका साथै परिवर्तन र देश विकासका क्रममा युवाहरुका लागि सरकारी तथा निजी क्षेत्रहरुबाट विभिन्न अवसर सिर्जना गरिन्छन वा हुन्छन् । आफ्नो क्षमता र योग्यताका आधारमा ती अवसरहरुलाई उपयोग गर्दै प्रगति पथमा लम्कन सकिन्छ । ज्ञान, क्षमता, लगन, अनुसाशन र दृर्णताले हामीलाई सधै आफ्नो उद्देश्य प्राप्तिको लागि आधार तयार पार्दछन् । नेपालको सन्दर्भमा हामी युवाका लागि प्राप्त अवसरहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ः

१. युवा स्वरोजगार कार्यक्रमः डा.बाबुराम भट्टराई अर्थमन्त्री हुदाँ सुरु भएको युवा स्वरोजगार कार्यक्रमलाई हालको सरकारले पनि निरन्तरता दिएको छ । यो कोषले आर्थिक रुपले पछि परेका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपांग, घाइते परिवार तथा सहिद परिवार, एवम् पराम्परागत सीप भएका जात–जातिहरुलाई व्यवसायिक खेती, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत व्याजदरमा प्रति व्यक्ति बेरोजगार युवाहरुलाई रु.२ लाख सम्म आवधिक ऋण र निःशुल्क व्यवसायिक तालिम उपलव्ध गराई उनीहरुको आय–आर्जनमा बृद्धि गरी जीविको पार्जनलाई सहज बनाउन मद्दत गर्दछ । यो कार्यक्रमबाट इच्छाशक्ति, व्यवसायिक योजना र रुचि भएका युवाहरुले लाभ लिन सक्नु हुनेछ । कागजमा लेखिए जति सहज नभए पनि इलाम जिल्लाका केही युवाहरुले यो कोष वा कार्यक्रम मार्फत आफ्नो व्यवसाय सञ्चलान गरी आफू स्वरोजगार भई अरुलाई पनि रोजगारीको वातावरण सिर्जना गर्दै आएका छन् । यो कार्यक्रमको कार्यन्वयन पक्षलाई भने समय सापेक्ष र व्यवहारिक हिसाबले सुधार गर्नु आवश्यक छ । जसका लागि सम्बन्धी सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुनु÷गरिनु जरुरी छ । यस विषयमा थप जानकारी लिन चाहाने युवाले स्वरोजगार कोषको वेभसाइट वा इलाम उद्योग वाणिज्य संघको भवनको पहिलो तला(भुई तला)मा रहेको युवा स्वरोजगार कोषको सम्पर्क कार्यालयमा (कार्यालय समयमा) सम्पर्क राख्न सकिन्छ ।

२. शिक्षाः  अहिले युवाहरुको लागि शिक्षाका विभिन्न अवसरहरु आई रहेका छन् । नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ÷संस्था, बैदेशिक दुताबास आदि मार्फत छात्रबृत्तिका विभिन्न अवसरहरु पनि सिर्जना गरिएका हुन्छन् । जसलाई ग्रहण गर्ने वा नगर्ने त्यो हाम्रो हातमा छ । यसका साथै सरकारी तथा गैरसरकारी निकायहरुले शिक्षाको गुणस्तर र पहुचँका लागि विभिन्न उपाय तथा योजनाहरु लागु गरी रहेका छन् । जसले गर्दा कम शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने वातावरण तयार भई रहेको छ । अपांग, अल्पसंख्यक, सिमान्तकृत आदि वर्गका लागि विशेष सुविधा पनि उपलब्ध गराउँदै आई रहेका छन् । यी सबै अवसर र शैक्षिक वातावरण सन्तोषजनक नभए पनि प्रगतिशिल भने पक्कै छ । शिक्षा क्षेत्रमा पाइने छात्रवृत्ति, सुविधा र अवसरका लागि विभिन्न पत्रपत्रिका, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुका वेभसाइट हेर्नु पर्दछ । 

३. राजनीतिः देश र समाजको एक महत्वपूर्ण अंग हो । यो बिनाको देश र समाजको कल्पना सम्म गर्न सकिन्न । तथापी नेपालको सन्दर्भमा कुरा गर्दा राजनीतिलाई फोहोरी खेल भन्ने गरिन्छ । राजनीतिलाई मुलधारमा ल्याई देश र समाजको विकास र प्रगतिको लागि हामी युवाहरु नै लागि पर्नु जरुरी छ । राजनीतिमा नेतृत्व र शक्तिका लागि व्यक्तित्व, बौद्धिकता, नेतृत्वकला÷सीप, इमान्दारिता आदि गुण हुन जरुरी छ । जो रुची, लगन र अध्ययनबाट प्राप्त गर्न सकिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा, युवाहरु राजनीतिमा प्रवेश गर्ने माध्यम विभिन्न राजनीतिक दलहरुका विद्यालय वा कलेजस्तरीय भातृसंगठनहरु नै हुन् । जहाँबाट आफ्नो रुची र क्षमताको आधारमा नेतृत्वसीप विकास गर्दै राजनीतिक क्षेत्रमा प्रवेश गर्न सकिन्छ । असल राजनीति नै देश र समाज विकासको मुल आधार हो । राजनीति मार्फत नै हामी  राष्ट्रसेवक र परिचित बन्न सक्छौ भने यसैले हामीलाई निर्णय लिने, प्रतिनिधित्व र नेतृत्व लिने अवसर पनि सिर्जना गर्दछ । राजनीतिककर्मी बन्न नेतृत्वसीप, ज्ञान, अन्तरव्यक्ति सम्बन्ध, वाककला आदि क्षमता हुनु जरुरी छ । जसलाई अध्ययन र अनुभवको आधारमा परिमार्जन र अभिवृद्धि गर्दै लान सकिन्छ । त्यसकारण, युवाहरुको लागि राजनीति  अवसर र चुनौती दुबै हो ।

४. कला, साहित्य र खेलकुदः आफ्नो पहिचान र सफल जीवनको लागि कला, साहित्य र खेलकुद उत्तम विकल्प हुन सक्छ । नेपालमा कला, साहित्य र खेलकुद जस्ता सिर्जनात्मक क्षेत्रमा व्यवसायिक वातावरण निर्माण हुन थालेसँगै यस क्षेत्रमा आफ्नो करियर बनाउने र बनाई सफल हुनेहरुको लामै सूचि तयार पार्न सकिन्छ । गीत, संगीत, हस्तकला, चित्रकला, नृत्य, अभिनय, कथा, निवन्ध, पुस्तक आदि क्षेत्रमा लागेर पनि आफ्नो सफल जीवनयापन र आय आर्जन गर्न सकिन्छ । जसबाट नाम र दाम दुबै प्राप्त हुन्छन् । यसका साथै क्रिकेट, फुटबल, भलिबल, चेस, गल्फ आदि खेलहरु मार्फत पनि नाम र दाम कमाउन सकिन्छ । कला, क्षमता र रुची हुने युवाहरुको लागि यी क्षेत्र राम्रो विकल्प हुन सक्छ । जसका लागि गुरु, पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिबाट ज्ञान हासिल गर्न सकिन्छ ।

५. विज्ञान तथा सूचना प्रविधिः नेपालको समग्र विकास कछुवाको गतिमा भएपनि सूचना प्रविधिको विकास र विस्तार भने द्रुत गतिमा भई रहेको छ । जसले हामीलाई विश्व समाजमा घुलमिल हुन, सूचना, जानकारी हासिल गर्न, नयाँ–नयाँ कुरा सिक्न मद्दत मिलेको छ । योसंगै विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अवसर पनि बढ्दै गई रहेको छ । जसले गर्दा यसको अध्ययन, सहज पहुँच र रोजगरी सिर्जना गर्न मद्दत मिलेको छ । अहिलेको युवा पुस्ताको सूचना प्रविधि र विज्ञानसँग नजिक सम्बन्ध तथा पहुँचले गर्दा रोजगारी तथा अन्य अवसरको  दायरा पनि फराकिलो हुदै गइरहेको छ । साथै खुल्ला विश्वविद्यालयको अवधारणलाई अगाडि ल्याउन मद्दत गरेको छ । विज्ञान तथा सूचना प्रविधि युवाको लागि नाम–दाम कमाउने गतिलो माध्यम हो ।

६. स्वयम्सेवा/समाजसेवाः विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघ÷संस्थाहरुको गतिविधि र उपस्थितिले युवाहरुलाई आफ्नो फुर्सदको समय सदुपयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उक्त थलो निर्माण गरि दिएको छ । साथै समाजसेवा वा स्वयम्सेवा मार्फत आफ्नो व्यक्तित्व, नेतृत्वसीप, क्षमता आदि  विकास र अभिबृद्धि गर्न मद्दत मिलेको छ । यसरी सिकेका ज्ञान, सीपले रोजगारीको अवसर प्राप्त गर्न समेत सहयोग पुग्दछ । यसरी आफ्नो खाली समयको सदुपयोग गर्नु भनेको शैतानबाट मुक्ति पाउनु पनि हो । भनिन्छ नी, “खाली दिमाग शैतानको घर” । त्यसैले आफ्नो अध्ययन पछिका खाली समय सामाजिक क्षेत्रमा लगाउनु उपयुक्त हुन्छ । जसका लागि नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लव, युवा, आयन आदि संघ÷संस्थाका गतिविधिहरुमा सहभागि हुन सकिन्छ । यी संस्थाहरुले व्यक्तित्व विकास लगायतका अन्य व्यवहारिक तालिमहरु पनि प्रदान गर्दछन् । जसले दैनिक जीवनयापनमा सहयोग पुग्दछ ।

७. रोजगारीः श्रम सर्वेक्षण–२००८ अनुसार, नेपालमा ११.८ लाख मानिसहरु (१५ वर्ष भन्दा माथि) रोजगार छन् । जसमा ज्याला प्राप्त गर्ने रोजगारीमा मात्र १६.९% छन् भने बाँकी सबै स्वरोजगार छन् । ज्याला प्राप्त गर्ने मध्ये पनि ७३.९% भने कृषि तथा वन क्षेत्रमा सहभागि छन् । रोजगारीको क्षेत्रमा कृषि, खानी, निर्माण, व्यपार, होटल÷रेस्टुरेन्ट, यातायात, जन प्रशासन, शिक्षा, रियल स्टेट, स्वास्थ्य र समाजसेवा, घर हेरचाह आदि पर्दछन् ।  गैर कृषि क्षेत्र मध्ये ७०% मानिसहरु कार्यालय, शिक्षण संस्था जस्ता औपचारिक क्षेत्रमा कार्यरत छन् । विगत ९ वर्षमा यो क्षेत्रमा रोजगारी बृद्धिको दर २९% मात्र रहेको छ । यसले पनि हाम्रो देशको रोजगारको अवस्थालाई प्रष्ट पार्दछ । माथिका रोजगारीका क्षेत्रहरुलाई हेर्दा कृषि, पर्यटन, जनप्रशासन, निर्माण जस्ता क्षेत्रमा युवाहरुलाई राम्रो रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । जसको लागि प्राविधिक शिक्षा तथा आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनु आवश्यक छ ।

८. पत्रपत्रिकाः आफ्नो ज्ञान, रुचि, कला, क्षमता विकासको लागि पत्रपत्रिका सहयोगी बन्न सक्छ । पत्रपत्रिका पढ्ने बानीले ज्ञान आर्जनको साथै वाचन गर्ने, लेख्ने आदि क्षमता विकास गर्न मद्दत पुग्दछ । यसले कला, साहित्य, खेलकुद, विज्ञान, ताजा खवर जस्ता विषयहरुको जानकारी लिने र विभिन्न विद्धानहरुको लेखरचना मार्फत आफ्नो लेखनशैली, तर्क, विचार आदि निखार्ने र प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ । त्यसकारण, यो पंक्तिकार जस्तै आफ्नो फुर्सदको समय लेखरचनाका माध्यबाट सदुप्रयोग गर्न सकिन्छ । जसले गर्दा लेखन, प्रस्तुत आदि सीपको विकास भै विभिन्न लेखरचना, कथा कविता, किताब आदि प्रकाशन गर्न मद्दत र प्रेरित गर्दछ । जसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धन समेत आर्जन गर्न सकिन्छ । साथै राष्ट्रिय दैनिकमा लेखिने समाचार, लेखरचना आदिबाट पारिश्रमिक पनि प्राप्त गर्न सकिन्छ । त्यसकारण पत्रपत्रिका आफ्नो ज्ञान आर्जन र  फुर्सदको समय प्रयोग गर्ने उपयुक्त विकल्प हो ।

        यसका साथै कृषि, पशुपालन, कुखुरापालन, पुस्तकालय, इन्टरनेट, पर्यटन, ध्यान÷योग आदि क्षेत्र पनि युवाहरुको लागि अवसर सिर्जना गर्ने क्षेत्रहरु हुन् । जसका लागि हामी युवामा सकारात्मक सोच, जाँगर र इच्छा शक्ति हुनु जरुरी छ । अवसर र समयलाई चिनेर सदुपयोग गर्न सके आफ्नै क्षमता विकास गरी सकारात्मक जीवन यापन गर्न सकिन्छ ।

समस्याः 

युवा जागरुक र परिवर्तनको संवाहक मानिए पनि युवामा केहि समस्याहरु छन् जसलाई क्षेत्रगत रुपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः

  • विभिन्न प्रकारका बेरोजगारी 
  • स्वरोजगारको कअयउभ मा कमी
  • व्यवहारीक शिक्षाको कमी
  • अपुरो औपचारिक शिक्षा
  • कम उमेरमा  हुने यौनव्यवहार तथा विवाह
  • लागु पदार्थ दुरुप्रयोग तथा असुरक्षित यौन व्यवहार (एज.आई.भी÷एड्स, यौन रोग)
  • स्वास्थ्य हेरचाह सम्बन्धि जागरणको कमि
  • शिक्षा र तालिमका असमनता
  • सार्वजनिक निर्णय प्रक्रियमा सहभागी हुने अवसरको कमी
  • मनोरञ्जन र सिर्जनात्मक क्रियाकलापका लागि आवश्यक सेवा÷सुविधामा कमि
  • धुम्रपान÷मद्यपान
  • नयाँ प्रविधिहरुको बारेमा अपूर्ण ज्ञान
  • खेलकुद गतिविधिमा कमि
  • पारिवारिक तथा सामाजिक दायित्व र जिम्मेवारीको बोधमा कमि, नैतिक पतन
  • आफ्नो हक–अधिकारको बारेमा कम जानकारी

चुनौतीः

 नेपालको सन्दर्भमा कुरा गर्दा युवाका चुनौतीहरु बढ्दै गई रहेको छ । बेरोजगारी, अल्प शिक्षा, अपराध आदि चुनौतीहरु हाम्रो सामु पहाड बन्दै गई रहेका छन् । यसै सन्दर्भमा पंक्तिकार आफ्ना केहि अनुभवहरु बाढ्न चाहान्छ । पंक्तिकार आफै पनि इलाम र इलामेली पर्यटन क्षेत्रमा केहि गर्ने प्रयत्नमा छ । यसै सन्दर्भमा केही समय अगाडि इलाम जिल्लामा नै प्रसिद्ध  एक संस्थाद्वारा प्रकाशन गरिएको रोजगारीको अवसरका लागि आवेदन दिइयो । आवेदनको अन्तिम दिनको कार्यालय समय सम्म २१ जनाले आवदेन दिएको मा लिखित परीक्षा दिने समयमा २२ जना उम्मेदारहरुको नामावली देख्दा अचम्ममा परियो । यस विषयमा जिज्ञासा राख्दा दिएको तर्कले त झन हास्य श्रृंखला हेरे जस्तो पो भयो । उहाँहरुका अनुसार सूचनामा अन्तिम दिन कति बजे भनेर नतोकिएका ले समय सिमा रहदैन । सामान्यतयः अन्तिम दिन भन्नाले तोकिएको अन्तिम दिनेको कार्यालय समय हो । त्सर्थ, शुक्रबारको कार्यालय समय ३ः०० बजे भन्ने बुझिन्छ । त्यसकारण माथि दिइएको तर्कमा उक्त संस्थाको व्यवसायिकता झल्कदैन । जसो–तसो लिखित परीक्षा लेखियो । जसबाट उत्कृष्ट १० लाई मौखिक र प्रयोगात्मक परीक्षाको लागि बोलाइयो । त्यसमा पनि अर्को नाटक मञ्चन भयो । प्रयोगात्मक परीक्षाको निरिक्षण र मूल्यांकनका क्रममा छनौट समितिका कोही पनि बसेन्न । जसले गर्दा परीक्षार्थीहरु मध्ये कसैले ५ मिनेटमा त कसैले ४५ मिनेट भन्दा बढि समय लगाएर एउटा निमन्त्रणा पत्र तयार पारे । अब पालो अन्तरवार्ता, यो छनौट समितिको लागि चलखेल गर्ने सजिलो र परीक्षार्थीको लागि जटिल समय र अवसर हो । जहाँ पालै–पालो अन्तरवार्ताको लागि निम्तो आयो । सबैले दिए, अनी पछि जानकारी गराउने सूचना प्राप्त भएसंगै सबैजना आ–आफ्नो बाटो लागियो । पछि प्रकाशित नतिजाले त सबैलाई छक्क पा¥यो । जसको नाम एक नम्बरमा प्रकासित भयो उहाँ महिला मित्र हुनु भएको ले त्यसलाई यो पंक्तिकारले सकारात्मक रुपमा लियो । उहाँको शैक्षिक योगता र अनुभव र उहाँको बारेमा केही भन्नु अवश्यक छैन । तर जसरी उहाँको नाम प्रकाशित भयो त्यसले अहिले सम्म पनि यो पंक्तिकारलाई आश्चर्य चकित पारेको छ । अवसर कसलाई दिइयो भन्ने मुद्दा भन्दा पनि  पद्धति र अवसर प्रदान गरिनुको आधार र प्रक्रिया महत्वपूर्ण हो । सामान्यतयः छनौटका आधार र प्रक्रियामा लिखित, मौखिक, प्रयोगात्मक र अनुभव रहन्छन् । तर सहभागिहरु मध्ये जसलाई छनौट गरियो । त्यसको आधारमा हेर्दा त योग्य र क्षमतावान भन्दा पनि आफ्नो मान्छेलाई प्राथमिकता दिएको पाइन्छ । यसो भन्नुमा पनि यो पंक्तिकारसँग केहि आधार र तथ्य छन् जस्तैः  शैक्षिक स्तरमा हेर्ने हो भने मानविकी भन्दा वाणिज्यशास्त्र अध्ययन गरेका अन्य सहभागीहरु पनि थिए, अनुभवका आधारमा भन्ने हो भने विभिन्न संघ÷संस्थामा कार्य अनुभव भएका अग्रज सहभागीहरु पनि थिए भने प्रयोगात्मक परीक्षामा अबल अन्य सहभागीहरु पनि थिए । बाँकी लिखित र मौखिकको बारेमा थाहा पाइएन् । पंक्तिकारको विचारमा विवादरहित नतिजाको लागि मूल्यांकनको आधार तथा प्रक्रिया र आधार अनुसार सहभागीहरुले प्राप्त गरेको प्राप्तांक सहित नतिजा प्रकाशित गरिनु उपयुक्त हुन्छ । यस्तै, मेचि पहाडी पर्यटन प्रवद्र्धन समितिको छनौटको बारेमा सबैले असन्तुष्टि प्रकट गरेका थिए तर पनि राम्रालाई भन्दा पनि हाम्रालाई प्राथमिकता दिएको पाइयो । त्यस्तै, हालै अपांगहरुको हकहितको लागि कार्य गर्ने संस्थामा भएको छनौटमा पनि राजनीतिक दलको प्रत्यक्ष हस्तक्षेप भएको सुन्नमा आएको छ । यस्तै, इलामको सन्दर्भमा चर्चा गर्दा इलाममा सञ्चालित हुने हरेक आयोजना, विकास निर्माण कार्यमा स्थानीय युवाहरुलाई प्राथमिकता दिनु आवश्यक छ । उदाहरणको लागि  किशोरकिशोरी तथा युवाहरुलाई सामाजिक क्षेत्रमा संलग्न गराउदै आएको नेपाल रेडक्रस सोसाइटीले इलाम जिल्लामा नयाँ आयोजना सञ्चालन गर्न लागेको छ । तर उक्त आयोजनामा संलग्न सम्पूर्ण जनशक्ति केन्द्रबाटै आउछन् भन्ने जानकारी प्राप्त भएको छ । यस्ता आयोजनामा स्थानीय युवा जनशक्तिलाई किन अवसर दिइदैन? यस्ता विषयमा सरकारी तथा गैरसरकारी क्षेत्रमा आवश्यक नीति नियमको व्यवस्था गरी स्थानिय स्तरमा सञ्चालन हुने आयोजना, विकास निर्माण कार्यहरुमा अनिवार्य युवा सहभागितालाई सुनिश्चित गरिनु आवश्यक छ । सुन्दा सामान्य लाग्ने यी विषय र कार्यले हामी युवाहरुको भविष्य निर्माणका क्षेत्रमा समस्या तथा चुनौती खडा गरि रहेका छन् । नियम, पद्दती, व्यवसायिकताको मर्म आदिको आधारमा युवा लक्षित अवसर र क्रियाकलापको अभावले गर्दा हामी युवाहरुलाई बैकल्पिक मार्ग रोज्न बाध्य पारेको छ ।  भुगोल, वातावरण,, क्षेत्रका आधारमा युवाका अवसर, चुनौती र समस्या फरक–फरक हुन्छन् । जस मध्ये, युवाहरुले भोग्दै आएका चुनौतीहरुलाई मूख्य रुपमा निम्नानुसार चर्चा गर्न सकिन्छः

१.गरिबी  तथा बेरोजगारीः ग्रामिण क्षेत्रको तुलतनामा सहरी क्षेत्रमा बेरोजगार मूख्य समस्याको रुपमा रहेको छ । हरेक वर्ष शैक्षिक बेरोजगारको संख्या बढ्दै गई रहेको पाइन्छ । श्रम सर्वेक्षण–२००८ अनुसार, १५ वर्ष उमेर समूहका २ लाख ५२ हजार ८ सय जना बेरोजगार थिए । हालको तथ्यांक उपलब्ध नभए पनि  यो संख्या अझ बढेको अनुमान लगाउन सक्दछौं । सन् २००८को बेरोजगार दर २.१% थियो । सहरी क्षेत्रमा युवा (१५–२५ उमेर समूह) बेरोजगरीको दर १३% थियो भने ग्रामिण क्षेत्रमा मात्र २.१% यियो । श्रमको न्यून उपयोगिता नै नेपालको प्रमुख मुद्दा रहेको छ । यो सर्वेक्षण अनुसार, ३०% आर्थिकरुपमा संक्रिय हुनु पर्ने जनसंख्या प्रयोग विहिन थिए÷छन् । जसले गर्दा बेरोजारीको समस्या देखा परेको छ । त्यसमा पनि लोक सेवा आयोगले खुलाउने सिमित कोटामा पर्ने आवेदनले पनि यो तथ्यलाई थप पुष्टि गर्दछ । हालको संक्रमणकालिन राजनीतिक पृष्ठभूमिमा सरकारी, गैरसरकारी, निजि क्षेत्रमा रोजगारी पाउन कि भाग्यमानी हुुनु प¥यो कि त ठूला र पहुँचबालाका नजिकका नातेदार हुनु प¥यो । विगत ३/४ वर्ष देखिको (यो पंक्तिकारको) अनुभवले पनि यही बताउछ । जसको बारेमा माथि चर्चा गरि सकिएको छ । यसरी संक्रिय रहनु पर्ने युवा जमात फूर्सदिला भएपछि उनीहरुमा विभिन्न किसिमका विकृतीहरु देखा पर्दछन् जस्तै उनीहरुमा लागुपदार्थको दुव्र्यसनीमा लाग्ने, अपराधका घटनामा लाग्ने, मानसिक रोगी बन्ने जस्ता  समस्याहरु देखा पर्दछन् । जसले उनीहरु स्वयम्को भविष्य त अन्धकार भयो नै परिवार, समाज र राष्ट्रलाई समेत असर पर्दछ । त्यस्तै केही युवाहरु सरकारबाट अनुमति लिएर वा नलिइ बैदेशिक रोजगारीमा जान बाध्य हुन्छन् । जसको कारणले युवा शक्ति, सिर्जना र जोसलाई देश विकासमा लगाउन नसकि देश परनिर्भर बन्दै जान्छ । साथै अर्थिक रुपमा सक्रिय हुनु पर्ने युवा समूह बेरोजगार  भएमा त्यसबाट युवा, परिवार र देश नै गरिबीको सिकार बन्न सक्छन् । जसले गर्दा देश विकास र उन्नतीको पथमा अगि बड्न सक्दैन । जसले गर्दा गाँस, बाँस, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवासुविधाबाट सबै जनता टाढा हुनु पर्ने स्थिति देखा पर्न सक्छ । नेपाल जीवनस्तर सर्वेक्षण २०१०/११ अनुसार, नेपालको लगभग एक चैथाई (२६.१६%) जनसंख्या गरिबीको रेखा मुनि बाच्दछन् । जसका कारण युवामा अर्थिक उपार्जनको लागि दवाब पर्दछ र जसरी भए पनि आर्थिक उपार्जनका लागि उनीहरु गलत दिशामा लाग्न सक्दछन् । त्यसकारण, गरिवी र बेरोजगारीको समस्या हल गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रले संयुक्त रुपमा रोजगारीको अवसर सिर्जना गरिनु आवश्यक छ । ‘हाम्रो मान्छे’ हैन ‘राम्रो र योग्य’ मान्छेले अवसर पाउँनु पर्दछ । यदि यो समस्याको हल गर्न नसकिए, एक दिन देशमा अनउत्पादक जनसंख्याको मात्र बसोबास रहनेछ ।

२.साथी दबावः सामान्यतयः साथी दबाव भन्नाले कुनै समूह वा व्यक्तिले अर्को व्यक्तिको मूल्य,मान्यता अथवा व्यवहार आफू वा आफ्नो समूह अनुरुप परिर्वान गर्न प्रोत्साहित वा कर गर्नुलाई बुझिन्छ । यो उमेर समूहलाई बाल्यकाल देखि व्यस्क बीचको संक्रमणकालिन अवस्थाको रुपमा पनि लिन सकिन्छ । यो अवस्थामा  साथीभाइको कुरा बढी सुनिन्छ । युवा अवस्थामा साथी वा मित्र अमूल्य र आत्मिय हुन्छ । जसले गर्दा चाडै प्रभावमा पर्न सकिन्छ । साथीको मात्र कुरा सुन्ने र विश्वास गर्ने गरिन्छ । घर परिवारले भनेका सकारात्मक कुराहरुलाई पनि नकारिन्छ । जसले हामीमा सकारात्मक वा नकारात्म्क दुवै प्रतिफल प्राप्त हुन सक्छ । सकारात्मक बाटोमा अगि बढियो भने त आफ्नो, परिवार, समाज र देशको हित हुने कार्यमा लाग्न सकिन्छ यदि नकारात्मक बाटो जस्तैः लागुपदार्थको दुव्र्यसनी, अपराधिक घटनामा संलग्नता, असुरक्षित यौनजन्य गतिविधि आदि तर्फ बढियो भने  त आफू लगायत परिवार, समाज र देशलाई नै बर्बाद पार्दछ । त्यसकारण, साथी दबावबाट बच्न र असल तथा सफल जीवनको लागि समालोचनात्मक सोच र प्रभावकारी सञ्चार सीपहरुको विकास गर्नु जरुरी हुन्छ । जसले साथीभाईको दबावबाट बच्न र परिवारका सदस्यहरुलाई आफ्नो योजना, इच्छा, सोच आदि प्रभावकारी रुपमा भन्न र त्यसको लागि आवश्यक सहयोग र सुझाव लिन सहयोग मिल्दछ । जसले गर्दा आफ्ना समस्या समाधान र सकारात्मक दिशा तर्फ अगि बढ्न सहज हुन्छ । 

३.विश्वास र मार्ग निर्देशनको कमीः बढ्दो सहरीकरण र व्यस्तताले गर्दा अभिभावकहरु आफ्ना बालबच्चा प्रति प्रयाप्त ध्यान र समय दिन सक्दैन् । उनीहरुको बढ्दो उमेरसँगै उनीहरुलाई असल र रचनात्मक सोच विकास र क्रियाकलापका लागि प्रेरित र मार्ग निर्देश गरिदैन । जसले गर्दा उमेर अनुसारको विकास क्रमसंगै आफ्ना जिज्ञासा, एक्लोपनाको समाधानको उपायका रुपमा नकारात्मक क्रियाकलापहरुमा संलग्न हुन थाल्दछन् । जसले गर्दा उनीहरु गलत बाटोमा हिड्न वाध्य वा प्रेरित हुन्छन् । जसले गर्दा आफ्नो साथै परिवारको भविष्य समेत बिग्रन पुग्दछ । साथै, हामी युवाहरुले पनि आफ्नो जिज्ञासा, समस्या, विचार आदिको बारेमा परिवारका सदस्य वा अग्रजहरुसँग सल्लाह सुझाव लिनु आवश्यक हुन्छ । आफू मात्र जान्ने र आफ्नो विचार तथा दृष्टिकोण मात्र ठीक भन्ने अहम् त्यागी अरुको कुरा पनि सुन्ने बानीको विकास गरी समालोचनात्मक सोचको विकास गर्नु उपयुक्त हुन्छ । यसका साथै परिवारका सदस्य वा अभिभावक, समाजका अगुवाहरुले पनि युवाहरुको विचार, सोचलाई सकारात्मक रुपमा ग्रहण गरी सहि हो भने समर्थ र गलत रहेछ भने रचनात्मक तरिकाले सम्झाउने बुझाउने प्रयास गर्नु जरुरी छ । युवाका कुरालाई गलत र हल्का रुपमा लिएमा र उनीहरुलाई समयमा नै मार्गनिर्देश गर्न नसकिएमा परिवारको मात्र नभएर समग्र देशको भविष्य नै अन्धकार हुन्छ । युवालाई विश्वासमा लिई युवाको सकारात्मक प्रयास तथा कार्यको लागि उत्प्रेरित गर्ने मुख्य दायित्व परिवार, समाज र राष्ट्रको हो । त्यसकारण, युवा र अभिभावक मिलेर युवामा विश्वास गरी युवाको उर्जा र सिर्जनात्मक क्षमतालाई समाज र देश विकासमा लगाउन सहकार्य गरौँ । 

४. लागुपदार्थ दुव्र्यसनी तथा असुरक्षित यौनजन्य गतिविधिः वर्तमान परिवेशमा युवाको बेरोजगार पछिको सबै भन्दा ठूलो चुनौती भनेको लागुपदार्थ दुव्र्यसनी तथा असुरक्षित यौनजन्य गतिविधि हो । इलाम नगरपालिका क्षेत्रमा नेपाल प्रहरीद्वारा पक्राउ गरिएका १५ जना लागु पदार्थका प्रयोगकर्ताहरु र बसपार्कमा बस भित्र यौनजन्य गतिविधिमा संलग्न युवा–युवतीहरुले यो तथ्यलाई थप पुष्टि गर्दछ । साथै  गृह मन्त्रालयको सहयोगमा राष्ट्रिय तथ्यांक विभागले लिएको २०६३ र २०६९ सालको लागुपदार्थ प्रयोगकर्ताको आकडाले देशका युवाहरुको यो विराल अवस्थालाई प्रष्ट पार्दछ । जसले हामी सबैलाई चिन्ति बनाउदछ । विभागको तथ्यांक अनुसार, यो ६ वर्ष भित्रमा लागुपदार्थका प्रयोगकर्ताको संख्या नाटकिय रुपमा बढेको छ । उक्त सर्वेक्षण अनुसार, २०६९ सालमा प्रयोगकर्ताको संख्या ९१,५३४ छ भने २०६३ सालमा यो संख्या ४६,३०९ मात्र थियो । अहिलेको यो संख्या २०६३ साल भन्दा भन्डै दोब्बर हो । यो संख्या ९८% ले बृद्धि भएको देखिन्छ । यो भन्दा पनि डरलाग्दो तथ्य के हो भने प्रयोगकर्ताहरु मध्ये ७०,३९० जनाको उमेर ३० वर्ष भन्दा कम छ । साथै प्रयोगकर्ताहरु मध्ये अधिकांशले २५ वर्ष नपुग्दै लागुपदार्थ सेवन गर्न आरम्भ गर्दछन् । जस मध्ये, ८१.२%ले पहिलो पटक लागुपदार्थ प्रयोगको अनुभव २० वर्ष पुग्दा लिएका छन् भने ३२%ले १५ वर्षको उमेरमा । साथै लागुपदार्थको दुव्र्यसनले गर्दा भएको खर्च रकमले त अचम्म पार्दछ । औसतमा एक डोज (पटक)को लागुपदार्थको प्रयोगमा रु १६० खर्च हुन्छ । जस अनुसार ९१,५३४ले रु.१६०का दरले एक डोज प्रयोग गर्दा आउने खर्च रकम रु.१,४६,४५,४४० हुन  आउछ । जसलाई विकास निर्माणका क्षेत्रहरुमा खर्च गर्न सकिए देशले दिन दुई गुणा रात चार गुणा प्रगति गर्ने थियो । यो युवा, परिवार, समाज र राष्ट्रको लागि खतराको संकेत हो । त्यस्तै असुरक्षित यौन व्यवहार पनि हालको किशोरकिशोरी तथा युवाको अर्को मूख्य चुनौती बनेको छ । आवश्यक जानकारी, यौन तथा प्रजनन् स्वास्थ्य  शिक्षाको कमी तथा साथीको लैलैमा लागेर उनीहरु यस्ता असुरक्षित यौन व्यवहारमा लाग्दछन् । रेडियो अडियोबाट प्रसारन हुने ‘खुलदुली डट’ कममा आउने अधिकांश प्रश्नहरुले कम उमेरमा हुने यौन सम्पर्क, असुक्षित गर्भपतन, यौन रोग आदि युवाका समस्याहरुलाई पुष्टि गर्दछ । लागुपदार्थ दुव्र्यसनी तथा असुक्षित यौन व्यवहारका कारण यौन रोग÷एच.आइ.भी÷एडस, असुरक्षित गर्भपतन गर्ने, चाडो विवाह गर्ने आदि गम्भिर समस्या सिर्जना हुन पुगेको छ । जसका कारण उनीहरु आफ्नो भविष्य निर्माण गर्ने कार्यबाट विमुख हुनु पुग्दछन् । बरोजगार, अशिक्षा,  गरिवी,  मार्ग निर्देशनको कमि, अवसरको कमि, आदि कारणले यो समस्या देखा परेको हो । यो समस्या देखा पर्नुमा युवासँगै परिवार, समाज र देश पनि उत्तिकै दोषी छन् । देशका युवा शक्तिलाई उत्पादन र देश विकासका क्षेत्रमा लगाउन आवश्यक अवसर सिर्जना गरी क्षमता र रुची अनुसारको जिम्मेबारी प्रदान गर्नु जरुरी छ । यो समस्या÷चुनौतीलाई समयमा नै निराकरण गर्न नसके त्यसबाट उत्पन्न हुने परिस्थितिको बारेमा कल्पना सम्म गर्न सकिन्न ।

५. मानव तस्करी तथा मानव बेचबिखनः मानव तस्कारी तथा मानव बेचविखन नेपालको अर्को गम्भिर समस्या हो । विशेषता नेपालबाट बालबालिका, महिला र पुरुषहरु श्रम शक्ति र यौन व्यपारका  लागि मानव तस्करी तथा बेचबिखन हुने गर्दछन् । मानव बेचबिखन र तस्करी नेपाल भित्रै, भारत, अरब राष्ट्रहरु तथा अन्य देशहरु (जस्तै मलेशिया) मा हुने गर्दछ । जहाँ उनीहरुलाई यौनकर्मी, घरेलु कामदार, माग्ने, कारखानाका कामदार, खानी कामदार, सर्कस, बाल सैन्य आदि जोखिमपूर्ण कामहरुमा जबरजस्ती लगाइन्छ । नेपाल र भारतको सन्दर्भमा मानव तस्करी तथा बेचबिखन मूख्य रुपमा यौन व्यपारको लागि गरिन्छ । हरेक वर्ष ५देखि १०  हजार महिला तथा युवतीहरु भारतमा बेचिन्छन् । नेपालको सन्दर्भमा मानव तस्करी तथा मानव बेचबिखनले आश्रय पाउनुको मूख्य कारण खुल्ला सिमाना, गरिबी, अशिक्षा, चेतनाको कमी, बेरोजगार आदि हुन् । खालीपेट ले नैतिकता  बिर्सिन्छ । आफ्नो र परिवारको पेटको लागि जोखिम मोल्न किशोरकिशोरी तथा युवाहरु तयार वा वाध्य हुन्छन् । यसले युवाहरुलाई मृत्यु, एच.आई.भी÷एड्स र यौन रोगको जोखिममा पार्दछ । यस प्रकारको समस्या निराकरणको लागि व्यवहारिक÷सीपमूलक शिक्षा, रोजगारीका अवसर आदिको सिर्जना गर्न सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा समाज लागि पर्नु जरुरी छ ।

        अन्त्यमा, युवा समाज र राष्ट्र निर्माणका सम्वाहक हुन् । आफूमा भएको उर्जा तथा सिर्जनशिलतालाई समाज र राष्ट्र निर्मणका क्षेत्रमा लगाउनु आवश्यक छ । यसका लागि परिवार, समाज, र राष्ट्रको साथ र सहयोगको अवश्यकता पर्दछ । युवाको सोच, विचार र दृष्टिकोणलाई रचनात्मक ढंगले समर्थन र मार्गदर्शन गर्नु परिवार र समाजको दायित्व हो । यी माथिका युवाका प्रतिनिधिमूलक समस्या, चुनौती र अवसर हुन् । युवासँग सम्बन्धि अन्य धेरै मुद्दाहरु हामी सामु रहेका छन् । युवाका समस्या तथा  चुनौतीहरु र त्यसका जोखिम कम गर्नका लागि हामी युवा, परिवार, समाज, राज्य र निजि क्षेत्र मिलेर बैकल्पिक व्यवस्था र गतिविधिहरु सञ्चालन गरिनु आवश्यक छ । हामी युवाहरुले पनि आफ्ना अवासर, समस्या, चुनौती र जिम्मेबारीलाई बुझ्दै आत्माजागरण, प्रभावकारी सञ्चार, निर्णय लिने सीपहरुको (जीवन उपयोगी सीपहरु) विकास गरी आफूलाई सकारात्मक बाटोमा डो¥याउदै भावी पुस्ताको लागि प्रेरणको श्रोत बन्नु आवश्यक छ । जय देश ! जय युवा !

 

Note: This article was Published on Sandakpur daily on 6th Sep, 2014  (http://www.sandakpuronline.com/news/thoughts/2014-09-06/2352.html)

पुस्तकालय, महत्व र उपयोग

Picture of American Corner,Ilam.
Picture of American Corner,Ilam.
परिचय :
‘पुस्तकालय’ भन्ने बितिकै हाम्रो मस्तिष्कमा आउने वाक्य भनेकै ‘पुस्तकहरुको भण्डार’, यस हिसाबमा भन्ने हो भने सामान्यतयः पुस्तकालय भन्नाले  पुस्तकहरु संग्रह गरी राखिएको कोठा वा घरलाई बुझिन्छ । नेपाली शब्दसागर (वसन्तकुमार शर्मा नेपाल)मा पुस्तकालयको अर्थ “सार्वजनिक रुपले पढ्न पाइने गरी राखिएका पुस्तकहरु भएको घर वा खण्ड वा कोठा” भनेर लगाइएको छ । त्यस्तै, अक्सफोर्ड डिक्सनेरी अनुसार पुस्तकालय वा ष्दिचबचथ भन्नाले १. एक घर जहाँ पुस्तकहरु, सिडीहरु, पत्रपत्रिकाहरु आदि संग्रह गरी राखिएको हुन्छ, जसलाई मानिसहरुले पढ्न, अध्ययन वा लिएर जान सक्छन् । २. एक कोठा जहाँ अधिकांश पुस्तकहरु संग्रह गरि राखिएको हुन्छ । नेपाली विकिपीडिया अनुसार, “पुस्तकालय लेखी छापी, कोरी, खिचि वा यस्तै अरु विभिन्न माध्यमद्वारा तयार परिएको पुस्तक, पुस्तिका, अखवार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामाग्री सु–व्यस्थित रुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो । पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शव्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने हुन्छ ।” यी माथिका ३ विभिन्न श्रोतको परिभाषा÷अर्थलाई विश्लेषण गर्दा, तेश्रो अर्थात नेपाली विकिपीडिाको अर्थ सान्दर्भिक छ । हाल, पुस्तकालय भौतिक र खष्चतगब िरुममा स्थापना र सञ्चालन भएको पाइन्छ । भौतिक पुस्तकालय पुस्तकहरु, पत्रपत्रिका आदि भौतिक शैक्षिक श्रोत सामाग्रीहरु सहित सञ्चालन भएका हुन्छन्  भने ख्ष्चतगब िरुपमा स्थापना भएका पुस्तकालयहरुले विद्युतीय माध्यमबाट आफ्ना प्रयोगकर्ताहरुलाई शैक्षिक श्रोतहरु उपलब्ध गराउँछन् । जसमा विकिपीडिया, गुगल सर्च, बिइंग आदि लाई उदाहरणको रुपमा लिन सकिन्छ ।
इन्द्रप्रसाद अधिकारीका अनुसार, “विश्वमा पुस्तकको इतिहाससँगै पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ । इ.पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ । यस समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खबटाहरुमा आफ्ना विचारहरु चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे । पछि उनीहरुले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरुमा लेखेर संग्रह गर्न थाले । खवटे पुस्तकका तिनै संग्रहहरु नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन् ।” (पुस्तकालय तथा श्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन, साझा प्रकाशन) तथापी, आधुनिक पुस्तकालयको विकास र विस्तार १९ औं शताव्दीमा भएको मानिन्छ । साथै पुनःजागरणको समयमा स्थापना भएका युरोपका ठूला–ठूला विश्वविद्यालयहरुसँगै पुस्तकालयहरुको स्थापना र सञ्चालन हुन थाल्यो । जसले आधुनिक कालमा पुस्तकालयको विकास र विस्तारमा मद्दत पुर्यो ।
पुस्तकालयको नेपाली  इतिहासः 
नेपालमा पुस्तकालयको सुरुवात करिब १४५ वर्ष पहिले तत्कालिन राजा ग्रिवाण युद्ध विक्रम शाहको शासनकालमा भएकोे मनिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको बखतमा हराइएका राज्यहरुका महत्वपूर्ण दस्तावेजहरुलाई संकलन गरेर आफ्नो दरवारमा राख्ने गर्दथे । पछि उनका नाति ग्रिवाण युद्धले लामोर मार्फत ती दस्तावेजहरुको संरक्षण गरे । १०४ वर्षिय (सन् १८४६देखि १९५०) राणा शासनले जनतालाई शिक्षाबाट बञ्चित गरायो । नेपाल भित्र स्थापना भएको पहिलो  कलेज ‘त्रिचन्द्र’ हो ।  जसको स्थापना सन् १९१८ मा भएको थियो । यसको मूख्य उद्देश्य भनेको उनीहरुको सन्तानहरुलाई अंग्रेजी शिक्षा दिनु थियो । त्यस वखत सम्म केहि विद्यालयहरु स्थापना भए पनि विश्वविद्यालय शिक्षाको प्रणाली÷पद्धतिको विकास भई सकेको थिएन् । सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितको युवा समूहले पुस्तकालय (सरस्वती सार्वजनिक पुस्तकालय) स्थापनाको अनुमति मागेर सरकारमा निवेदन हाले तर राणा शासकहरुले उनीहरुलाई कारबाही गरियो । केहिलाई रु.१०० जरिवाना गराई छाडियो भने बाँकीलाई लामो समयको लागि जेल हालियो । सन् १९५०मा राणा शासनको पतन संगै बहुदलिय व्यवस्था आयो । जसले शिक्षाको क्षेत्रमा नयाँ लहर ल्यायो  र विभिन्न स्थानमा पुस्तकालयहरुको स्थपना हुन थाल्यो । सन् १९५० देखि १९६०को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । सन् १९६०मा निरंकुश राजतन्त्रको सुरुवातसँगै सामुदायिक पुस्तकालयहरुलाई निरुत्साहित गरियो । सन् १९९०मा निरंकुश राजतन्त्रको अन्यसँगै पुनः सामुदायिक पुस्तकालयहरुले गति लिन थाल्यो । पुनः सञ्चालन र स्थापनाको लागि आवश्यक सहयोगको लागि राष्ट्रिय तथा  अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा प्रस्ताव आउन थाल्यो ।  रुम टु रिड र रिड नेपालको पछिलो तथ्यांक अनुसार हाल सम्म रुम टु रिडले नेपालका विभिन्न क्षेत्रमा ३,६५४ पुस्तकालयहरु स्थापना र १,०२२ वटा विद्यालयहरु निर्माण  गरि सकेको जनाएको छ भने रिडले ५४ वटा सामुदायिक पुस्ताकलयहरु स्थापना गरि सकेको जनाएको छ । नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धि अवश्यक नीति÷नियम र अनुगमन गर्ने सरकारी निकाय नभएकोले,  हालसम्म देशभरि कति पुस्तकालयहरु सञ्चालन छन् भन्न गाह्रो छ । 
भोला कुमार श्रेष्ठ (२००९)ले नेपलामा भएका पुस्तकालयहरुलाई ५ भागमा विभाजन गरेका छन् । जस अनुसार, सरकारी, बालबालिकाको, शैक्षिक, समुदायिक र वैदेशिक नियोगका पुस्तकालयहरु पर्दछन् । उनका अनुसार, शैक्षिक पुस्तकालयहरुमा शिक्षण संस्थाहरुमा सञ्चालन भएका, सामुदायिक पुस्तकालयमा गाउँ घरमा समुदाय स्तरमा सञ्चालन गरिएका पुस्तकालयहरु पर्दछन । त्यस्तै, वैदेशिक नियोग पुस्तकालयहरु विदेशी कुटनीतिक नियोगहरुले सञ्चलन गर्दछन् जस्तै  अमेरिकी पुस्तकालय, ब्रिटिस काउन्सील लर्निङ सेन्टर, भारत संस्कृतिक केन्द्र आदि । वैदेशिक नियोगहरुबाट सञ्चालन भएका बाहेक अधिकांश पुस्तकालयहरु सिमित आर्थिक श्रोत, नियम÷पद्धतिको अभाव, तालिम प्राप्त जनशक्तिको अभाव जस्ता समस्याहरुबाट गुज्रिरहेका छन् । ज्यादै थोरै मात्र पुस्तकालयहरुले आवश्यक सेवा सुविधा उपलव्ध गराउन सेका छन् ।
नेपालमा पुस्तकालयको इतिहासलाई केलाउदा नेपालकै ठूलो पुस्तकालयको रुपमा परिचित त्रि.वि. केन्द्रिय पुस्तकालयको बारेमा पनि चर्चा गरिनु आवश्यक छ । यो पुस्तकालयको स्थापना सन् १९५९मा भएको हो । करिब १२०० पुस्तकबाट शुरु भएको यो पुस्तकालयमा हाल ३,५०,००० भन्दा बढि पुस्तकहरुको भण्डार रहेको छ । जसले विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी र पुस्तकमा रुचि राख्ने अन्यलाई सेवा प्रदान गर्दै आई रहेको छ । जहाँ हाल युएन, नेपाल कलेक्सन, जेनेलर, आइ.टी., रेफरेन्स आदि सेक्सनहरु रहेका छन् ।
इलामेली इतिहास र वर्तमानः
इलामको सन्दर्भमा पुस्तकालयको इतिहासको बारेमा खासै चर्चा भएको पाइदैन । यस सम्बन्धि कुनै आधिकारीक लेख रचनाहरु पनि उपलव्ध छैन् । तथापी, हामी अनुमान भने गर्न सक्दछौं । विभिन्न समयमा स्थापना भएका विद्यालय तथा कलेजहरुले आफ्ना शिक्षक तथा विद्यार्थीहरुको लागि आवश्यक पुस्तकहरु उपलव्ध गराउने उद्देश्यले ठूला वा साना पुस्तकालयहरुको व्यवस्था गरेको पाइन्छ । जहाँ पाठ्यक्रमसँग सम्बन्धित केही आवश्यक पुस्तकहरु, केही पत्रपत्रिकाहरु आदि सेवा उपलब्ध गराइएका हुन्छन् । सबै विद्यालय तथा कलेजहरुको स्थापना मिति र सन्दर्भलाई उल्लेख गर्न गाह्रो भए पनि केहि महत्वपूर्ण र प्रतिनिधिमूलक तथ्यहरुलाई प्रस्तुत गर्नु आवश्यक हुन्छ । यस्ता ऐतिहासिक घटनाक्रमहरुलाई  लिपिवद्ध गरी प्रकाशन गर्नका लागि हाम्रा इलामेली अग्रजहरुमा यसै लेख मार्फत अनुरोध छ ।
इलामको शैक्षिक इतिहासमा उल्लेख गरिनु पर्ने एउटा महत्वपूर्ण घटनाक्रममा  इलाम जिल्लामा नै सर्वप्रथम स्थापना भएको महेन्द्र रत्न बहुमुखि क्याम्पसको बारेमा उल्लेख गरिनु आवश्यक छ । यो क्याम्पसको स्थापना वि.सं. २०१७ साल असार २१ गते भएको हो । क्याम्पस स्थापनासँगै सञ्चालन भएको  पुस्तकाल,  ३५ वटा मात्र पुस्तकहरु सुरु भएको थिए । हाल यस पुस्तकालयमा हजारौको संख्यामा पुस्तकहरु तथा थेसिसहरु संकलन भई सकेको छ । यो पुस्तकालयको मुख्य प्रयोगकर्ता क्याम्पसका प्राचार्य, शिक्षक, कर्मचारी र विद्यार्थी हुन् । पुस्तकालयलाई नयाँ भवनमा सारिएता पनि भौतिक सुविधा र व्यवस्थापनामा अझै सुधार गरिनु आवश्यक छ ।
रिड नेपाल र स्थानीयबासीको सहभागितामा बरबोटे गा.वि.स.मा जनकल्याण सामुदायिक पुस्तकालयको स्थापन वि.सं. २०५३ सालमा भएको थियो । 
त्यस्तै नगरपालिकाद्वारा निर्मित मदन आश्रित वाचनालयको उद्घाटन वि.सं. वि.सं. २०५६÷१०÷१६ गते भएको थियो । जुन वाचनालय हाल अरनिको संस्कृतिक संग्राहलयसँगै माईस्थान मन्दिर परिसरमा रहेको छ । आवश्यक तालिम प्राप्त जनशक्ति र इलाम नगरपालिका तथा नगरबासीको चासो र उचित व्यवस्थापनको कमिले गर्दा कमजोर, लाचार र जिर्ण बन्दै गएको छ । वाचनालयमा केहि दैनिक पत्र–पत्रिकाहरु, अखवार आदि उपलब्ध छन् । साथै बेञ्च र टेबलहरुको सामान्य व्यवस्था मात्र छ । आवश्यक प्रकाशको कमी, पत्र–पत्रिकाहरुको उचित संरक्षण र व्यस्थापन नहुनु यो वाचनालयको विशेषता हो । यसको उचित संरक्षण र व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । यो हाम्रो एउटा शैक्षिक धरोहर हो । यसले इलामको प्रतिष्ठा बढाउन मद्दत गर्दछ । साथै इलामेलीहरुलाई पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने बानी  र संस्कार विकास गर्न मद्दत गर्दछ ।
पछिलो समय स्थापना र सञ्चालन भएको आधुनिक सूचना प्रविधि सहितको सुविधा सम्पन्न पुस्तकालयको रुपमा अमेरिकन कर्नर, इलामलाई लिन सकिन्छ । यो कर्नर अमेरिकी दुतावास र इलाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित छ । यसको स्थापना वि.सं. २०६८ कार्तिक १५ गते भएको थियो । उक्त पुस्तकालय (कर्नर)मा विज्ञान, वाणिज्य, साहित्य, बालबालिका, इतिहास, नेतृत्व, सूचना प्रविधि आदि विभिन्न विधाका पुस्तक, श्रव्य–दृश्य आदि श्रोतहरुको संग्रह रहेको छ । यसका साथै यहाँबाट उपलब्ध हुने इन्टरनेट सेवामार्फत अनलाईन डाटाबेश तथा खष्चतगब िपुस्तकालयको पनि सेवा उपयोग गर्न सकिन्छ । इलामको सन्दर्भमा चर्चा गर्दा, इलाम जिल्लामा यो एक मात्र अत्याधुनिक प्रविधियुक्त पुस्तकालय हो । तथापी, यो पुस्तकालयको व्यस्थापन र दिगोपनाको लागि दीर्घकालीन योजना र नीति बनाउनु आवश्यक छ । कर्नरलाई बैठक र सभा हल भन्दा पनि पुस्तकालयरुपमा सञ्चलान र त्यही अनुरुपको वातावरण निर्माण गरिनु आवश्यक छ ।
इलाममा स्थापना र सञ्चालन भएका विभिन्न पुस्तकालय तथा वाचनालयमा प्रयोगकर्ताहरुको संख्या र सहभागितालाई अवलोकन गर्दा अहिले पनि पुस्तक, पत्रपत्रिका अध्ययन र पुस्तकालयको प्रयोग गर्ने संस्कृतिको विकास पूर्ण रुपले हुन नसकि रहेको देखिन्छ । यसमा पुस्तकालय, स्थानीय सञ्चार माध्यमहरु तथा बौद्धिक क्षेत्रले आवश्यक पहल र भूमिका निर्वाह गरिनु जरुरी छ ।
पुस्तकालयको महत्वः 
पुस्तकालयलाई विद्याको सागरको रुपमा लिइन्छ । जसलाई जति व्यवस्थित रुपमा प्रयोग गर्न सकियो त्यती नै विद्या आर्जन गर्न मद्दत गर्दछ । पुस्ताकालयको महत्वलाई मुख्य रुपमा तलका बुदाँहरुमा चर्चा गर्न सकिन्छः
१. ज्ञान भण्डार तथा प्रयोगशालाः पुस्तकाललाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाको रुपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने भौतिक तथा खष्चतगब िपुस्तक, पत्र–पत्रिका, श्रव्य–दृश्य आदि सूचनाका आदि ज्ञानको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन  तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै, आफ्नो ज्ञान, धारण, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उचित थलोको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएको ले ज्ञान आर्जनको प्रयोगशालाको रुपमा यसको महत्व रहेको छ । पुस्तकायमा विभिन्न विधाका पुस्तक, सूचना आदिको संकलन र व्यवस्थापन हुने भएको ले यो ज्ञानको भण्डार हो । जहाँबटा आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएका ले यसको महत्व छ । शोधकर्ता, खोजकर्ताको लागि पुस्तकालय उक्त विकल्प हो । जहाँ उपलव्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा खष्चतगब िपुस्तकालको माध्यम ले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन । त्यसकारण,  पुस्तकालयलाई ज्ञानको भण्डार तथा प्रयोगशाला मानिन्छ ।
२. कम व्यय भारः सबै विद्यार्थी तथा प्रयोगकर्ताहरुसँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक श्रोत सिमित हुन्छ । जस्तै, सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ  तर पुस्तकालयमा जाने हो भने ती सबै पत्र–पत्रिकाहरु निशुल्क पढ्न पाइन्छ । त्यस्तै सबै पुस्तकहरु खरिद गरि अध्ययन गर्न पनि गाह्रो हुन्छ, जसले व्यय भार बढाउछ । यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने, न्युन खर्चमा आफ्नो रुचि र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख रचना आदि हेर्न अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोज कर्ताहरुलाई सन्दर्भ सामाग्री, पुस्तक, लेख रचना आदि प्राप्त गर्ने सजिलो र सरल माध्यमको रुपमा पुस्तकालयलाई लिन सकिन्छ । सबै सन्दर्भ सामाग्री आफै किन्न र व्यवस्था गर्ने हो भने ठूलो धनराशी खर्च हुन्छ । पुस्तकालयले उनीहरुको व्यय भार कम गर्न मद्दत गर्दछ । त्यसकारण पुस्तकालयको महत्व रहेको छ ।
३. व्यवस्थापन र वातावरणः पुस्तकालयहरुमा ऐतिहासिक, समय सान्दर्भिक पुस्तक, पत्र–पत्रिकाहरुलाई वैज्ञानिक पद्धति अनुसार उचित व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सजिलो हुन्छ । त्यसका साथै पुस्तकालय भित्रको वातावरण पनि सफा र शान्त हुने भएको ले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । यस कारण पनि पुस्तकालयको महत्व छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ ।
४.सामाजिक÷सांस्कृतिक वातावरणः पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै पुस्तकालय सार्वजनिक हुने भएको ले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुन्नाले एक आपसमा अन्तर सम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ । त्यस्तै विभिन्न जाति, समुदाय र धर्मका मानिसहरु बीच अन्तरसम्बन्ध विकास भई संस्कृतिक आदान–प्रदान हुन्छ । जसले गर्दा पुस्तकालयमा सामाजिक तथा संस्कृतिक वातावरण निर्माण हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयहरुको अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिने भएका ले पनि पुस्तकालयको महत्वलाई दर्साउछ ।
५. समयको सदुपयोगः बालबालिक, युवा, व्यस्क, वृद्धवृद्धाआदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमको रुपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ नयाँ कुरा सिक्न र आफूले सिकेका कुराहरु अरुलाई सिकाउन वा बाड्ने वातावरण निर्माण गर्दछ । विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय  र विधाका पुस्तक तथा सन्दर्भ सामाग्रीहरु पुस्तकालयले उपलव्ध गराउने भएको ले उनीहरुको समयको पनि बचत हुनेछ । त्यस्र्थ, पुस्तकालयलाई समय सदुपयोग गर्ने उचित स्थानको रुपमा लिन सकिन्छ ।
६. कम्प्युटर तथा विद्युतिय सामाग्रीको उपलव्धताः पुस्तकालयमा प्राप्त हुने कम्प्युटर तथा अन्य विद्युतिय सामाग्रीहरुका  कारण कम समयमा नै बढि भन्दा बढि सेवा सरल तरिकाले प्राप्त गर्न सकिने भएका ले पुस्तकालयको महत्व अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान्न सकिने भएको ले पनि पुस्तकालय बहुउपयोगी बन्दै गई रहेको छ ।
यी र यस्तै विभिन्न विशेषता र उपयोगीताका कारण पुस्तकालयको महत्व रहेको छ ।
पुस्तकालयको उपयोगः 
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रुपमा निम्नानुसार उपयोग गर्न सकिन्छः
१. पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युतिय श्रोत मार्फत आध्नीक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो पहुँच ज्ञानको क्षेत्र बढाउन सकिन्छ,
२. पुस्तकालयमा उपलब्ध विभिन्न पुस्तक, पत्र–पत्रिकाहरु, श्रव्य–दृश्य आदि श्रोत सामाग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुची अनुसारको ज्ञान÷सीपको परिधिलाई बढाउन सकिन्छ,
३. पुस्तकालमा उपलब्ध श्रोत र सामाग्रीहरुको प्रयोग विद्यालय÷कलेजबाहेकको फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ,
४. पुस्तकालयमा उपलब्ध साधन र श्रोतको माध्यमबाट आफ्नोे कला, सीप र क्षमता अभिबृद्धि गर्न सकिन्छ,
५. पुस्तकालयलाई साथीहरु भेट्ने र अध्ययन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिन्छ,
६. विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरुबीच आफूले अध्ययन गरेको पुस्तक, लेख रचना आदिको बारेमा छलफल गर्ने थलोको रुपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ,
७. ऐतिहासिक पुस्तक, लेख–रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ,
८.परीक्षा तयारीको लागि पनि पुस्तकालयलाई उपयोग गर्न सकिन्छ ।
पुस्तकालयलाई खोज, अध्ययन र श्रोतको रुपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्यख्या गरेर कहिले सकिन्न । त्यस्र्थ, आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेको पुस्तकालयको सदुप्रयोग गरौं जसले सदविचार र ज्ञान आर्जन गर्न सबै मद्दत गर्दछ ।
पुस्तकालयको इतिहास र वर्तमानमा परिवर्तन आएको छ । सूचना प्रविधिसँगै पुस्तक र पुस्तकालय अस्तित्व हराउने चर्चा चलि रहेको अवस्थामा पनि विभिन्न स्थानहरुमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापन र सञ्चालन भई रहेका छन् । हाल पुस्तकालयलाई पूर्ण भौतिक रुपमा मात्र सञ्चालन नगरेर समय सपेक्ष रुपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भैतिक र खष्चतगब ि रुपमा प्रयोग योग्य बनाउनाले नै पुस्तकालयको प्रयोग र विस्तार भै रहेकोछ । सातौं राष्ट्रिय पुस्तकालय दिवस अवसरमा हामी इलामेलीहरु पनि पुस्तकालयको सञ्चालन, विस्तार, व्यवस्थापन र प्रयोगलाई आत्मासाथ गर्दै अध्ययन संस्कृतिको विकासमा अगि बढौं । शुभ कामना !
 

Destination Shree Antu

Introduction:

Shree Antu is 50 KM far from district headquarter ‘Ilam’. It covers 18.8 Square Kilometers. It lies on 957 m to 1800 m elevation range. It lies on the lap of Antu danda with natural beauty. Antu danda is famous for sunrise. We believe that this is the place where sun rise for the first time around Nepal. Panorama Mountain View can see from this place. You can see landscape of Darjeeling, Silguri, Mirik etc of India and some places of Nepal. The road to Shree Antu is linked with Mechi highway at Chhipitar (Fikkal). There are different ethnic communities including Lapcha. Tea and Milk are the major products of this VDC. Shree Antu is also known for Paying guest or home-stay. It is potential for agro-tourism.

Access: Road (under construction) is connected with Mechi Highway at Chhipitar (nearby Fikkal). So, you can get direct jeeps service from Birtamode, Fikkal or Ilam bazaar. Nepalese and Indian tourists can enter through Chhabise or Okaty (Indo-Nepal boarder).

Food and Accommodation: Shree Antu is famous for paying guest or home-stay. So, you can stay with local people and pay reasonable amount for lodging and fooding. Local people serve local food items with Antu tea. You can experience your sleep in traditional houses and rooms. You can experience local life too. You can also experience jackal win with local foods.

Best Season: You can visit Shree Antu anytime and experience local life and learn about agriculture basically Tea. But, there is certain time for sunrise i.e. October to December and March to June for sunset. Occasionally, you see sunrise and sunset in other time too.

Major attractions:

Antu Danda: Antu Danda is known as Dipendra peak which lies on the boarder of Shree Antu and Samalbung VDC of Nepal. ‘Athu’ means highest point in Lapcha language later became antu. It lies at elevation of 1823 M. It is good place for sunrise and sunset. You can see the breath taking Mountain View from here especially third highest peak of world i.e. Mt. Kanchenjunga. There is thick forest of pine trees on the peak. Information office cum ticket counter and view tower are under-construction at the peak. Mud road follows up to the peak.

Antu Pond: Antu pond is nearby Bhanjayan. It is middle of tea garden with beautiful flower garden. This is human-made garden. During the season, there is boating facility too. There is an island at the side of pond which increases beauty of the pond. There different colors fishes under the water of the pond.

Gufapatal: It is in Ward No.-8 of Shree Antu VDC at the elevation of 1827 M. It is named after cave. People say, Lama lived in caves there before. It is like an end of horizon (of earth). You can see different places of Darjeeling. It is nearby Indo-Nepal boarder. So, most of the visitors are Indians.

Mechi River: Mechi River is boarder of Eastern Nepal. The origin of the river starts from ward No.8 of Shree Antu. Nearby the origin, there is a pillar (Jange) No.26. It is called Chhabise too. This is best place to visit eastern boarder of Nepal.

Nageshowri: It is a religious spot. Nearby the temple there is a forest with old trees. There are many herbal plants. So, this is developing as an herbal park.

Lapcha community and Lapcha Museum: Lapcha are honest and helpful. 38 Lapcha families live in this VDC. They have traditional tools and weapons which were used during the war between Nepal and Tibet. They also have their own language, culture, religion, customs etc. According to history, Lapcha protected Shree Antu and Samalbung VDC to merge in India. Lapcha museum is under construction. But, people keep the traditional weapons and tools which you can ask to see.

Tea Factories: Ilam Tea Producers P. Ltm and Ganesh Himal Tea Producers P. Ltm are two factories around Shree Antu. Annually, they produce 7.5 lak KG Tea (esp. orthodox black tea). Normally, local people are employed in these factories beside tea-makers (They are from Darjeeling). There is a cheese factory in Shree Antu too. These factories are open universities for them who want to learn about tea processing and producing. Tea gardens and these factories are important for tea-tourism.

Flowers: Flowers are trade-mark of Shree Antu. People sell their flowers and earn money. Orchid, Godawari, Cactus, Begunia, Cycle-man, Rose, Angelia, Carnation etc are flower which you can find in local gardens of Shree Antu. Shree Antu is especially famous for Orchid.

Tea and Agro tourism: Shree Antu is great for natural beauty & it has great potentiality for agro-tourism. Tea is major agro-product which is covered 605 Square KM of land. Besides that, Cardamom, Ginger, Broom-sticks, milk etc are other major agro-products of Shree Antu.

Besides these, there are many-more to see around Shree Antu like forests, temple, picnic spots etc. Visiting Shree Antu is great experience. You can experience village life of eastern Nepal. Welcome to Shree Antu, land of Sunrise and Tea.

युवा

‘युवा’ शव्दलाई पछाडिबाट अगाडि पढ्ने हो भने ‘वायु’ हुन्छ । जसलाई हामी एक प्रकारको शक्तिको रुपमा पनि परिभाषित गर्न सक्दछौं । जसरी उदाहरणको लागि, वायुको सकारात्मक पक्षको रुपमा विद्युतीय उर्जा उत्पादन लिन सकिन्छ भने यसको नकारात्मक रुपमा आधी÷हुरी लाई लिन सकिन्छ । त्यसरी नै युवाका पनि सकारात्मक र नकारात्मक पक्षहरु रहेका छन् । किशोर अवस्था पार गरेपछि आउने यो अवस्था, सकारात्मक र नकारात्मक शक्तिको रुप हो । जसलाई बुझेर सही बाटोमा लागिए वा लाग्न प्रेरित गरिए समाज÷राज्यको परिवर्तन र विकासको सम्बाह बन्न सक्दछ । यदि यो अवस्थामा सहि मार्गमा हिड्न वा हिड्न प्रेरित गरिएन भने यसले समाज र देशको लागि वाधा÷व्यवधान सिर्जना पनि गर्न सक्दछ । सामान्यतयः यो अवस्थालाई हामी तरल अवस्थाको रुपमा पनि बुझ्न सक्दछौ, यो अवस्थामा युवाहरु नयाँ कुरा सिक्न खोज्ने, साथी भाईहरुसँग बढि नजिक हुने आदि स्वभावको विकास भएको पाइन्छ। सामान्यतयः युवालाई वर्तमानको साझेदार र भविष्यको कर्णधारको रुपमा हेर्ने गरिन्छ । यस सन्दर्भमा कहिले काही हामी खरो उत्रन सकेका छौ भने कहिले काही अपेक्षा विपरितका गतिविधिहरुमा पनि संलग्न हुदै समग्र युवा पिढी र अभिभावकहरुको मन दुख्ने काम गरि रहेका हुन्छौं ।
युवालाई परिभाषित गर्ने सजिलो माध्यम भनेको उमेर समूह नै हो । राष्ट्रिय युवा नीति–२०६६ अनुसार “युवा भन्नाले १६ — ४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने छ” । राष्ट्रिय युवा नीतिको पृष्ठभूमिमा उल्लेख भए अनुसार, युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको छ । माथिको परिभाषा र सन्दर्भलाई आधार मान्दा, युवा भनेको १६ देखि ४० वर्ष उमेर समूहलाई बुझिन्छ जोसँग आर्थिक, सामाजिक, संस्कृतिक र राजनीतिक उत्तरदायीत्वहरु रहेका हुन्छन् । साथै यो उमेर समूहमा जोस, जागर र इच्छा शक्ति रहेको हुन्छ । युवा वर्तमानको साझेदार र भविष्यको कर्णधार हुन ।
लाखौं युवाहरु स्वदेश तथा विदेशी भूमिमा पसिना बगाई रहेको अवस्थामा इलामेली युवाहरुको अहिलेको व्यवहारले म जस्ता युवालाई चिन्तित बनाएको छ । यहीले इलामका युवाहरु लागुपदार्थको कुलत, झै–झगडा, विभिन्न अपराध आदि असामाजिक गतिविधिहरुमा संलगन हुनुले सबैलाई सोच्न बाध्य बनाएको छ । केहि युवाहरुको यस्तो व्यवहारले पुरै युवा जमातलाई पिरोलेको छ वा भनौ सबैमा प्रश्न चिन्ह खडा भएको छ । साथै यो समस्या हामी युवाको मात्र नभएर सबै इलामेली समाजको पनि हो । यस्ता समस्याहरुको कारण र कारक को हुन भन्नु भन्दा पनि यस्ता समस्याहरुको निराकणका लागि कसरी अगि बढ्ने र क–कसको के भूमिका रहने भन्ने प्रश्न अहिले महत्वपूर्ण रहेको छ । समस्या समाधानका लागि युवा स्वयम्, अभिभावक÷परिवार, समाज र राज्यको समन्वयात्मक भूमिका आवश्यक रहेको छ । हामी युवाहरुले पनि आफूलाई स्व–विवेकी, स्व–नियन्त्रित र अरुको कुरा सुन्ने बानीको विकास गरी आफूले आफैलाई चिन्ने प्रयास गर्नु पर्दछ । साथै आफुमा साकारात्मक सोचको विकास गरिनु जरुरी हुन्छ । यसमा अभिभावक र परिवारको पनि महत्वपूर्ण भूमिका रहन्छ । अभिभावक÷परिवारले पनि युवाको भावना, विचार र व्यवहारलाई बुझि आवश्यक सल्लाह, सुझाव र उत्प्रेरणा दिई सकारात्मक सोच विकासमा मद्दत र निर्देशित गर्नु आवश्यक हुन्छ । सामाजले पनि युवालाई धारे हात लगाउने र उपेक्षा गर्ने भन्दा पनि उनीहरुलाई सिर्जनात्मक कार्यमा अगि बढ्न अवसर, सल्लाह÷सुझाव र उत्प्रेरण प्रदान गर्नु पर्दछ । यसो गर्न सके युवा, अभिभावक÷परिवार र समाज बीचको खाडल पुर्न मद्दत गर्दछ । जसले युवालाई सकारात्मक सोचको विकास गरी देश र समाजको लागि रचानात्मक क्रियाकलापहरुमा संलग्न हुन प्रोत्साहित गर्दछ ।
त्यस्तै भनिन्छ नि खाली दिमाग सैतानको घर भनेर, हामी युवाले पनि अध्ययन पछि बाँकी रहेको समयमा विभिन्न रचनात्मक क्रियाकलापहरुमा आफूलाई संलग्न गराए आफूमा नकारात्मक सोच र संगतको विकास हुनै पाउँदैन । इलामेली युवाहरुको सन्दर्भमा कुरा गर्नु पर्दा, युवाहरुले आफ्नो फुर्सदको समयलाई विभिन्न युवाहरुको समूह, संगठन र संस्थाहरुमा संलग्न भई विभिन्न सामाजिक क्रियाकलापहरुमा आफूलाई समावेश गर्न सक्दछन् । जसले गर्दा उनीहरुको फुर्सदको समयको त सदुपयोग भयो भयो, उनीहरुको व्यक्तित्व विकास, अन्तरव्यक्ति सम्बन्ध विकास र निर्णय लिने क्षमता विकास गर्न सक्दछन् । साथै युवाहरुले आफ्नो प्रतिभा÷क्षमता अनुसार इन्टरनेट, सामाजिक सञ्जाल, बल्ग आदि मार्फत आफ्ना कला, साहित्य, अनुभव, अनुभूतिहरुलाई उजागर गर्न सक्नु हुन्छ । जसले गर्दा आफ्नो फुर्सदको समयको सदुप्रयोग गरी आफ्नो ज्ञानको भण्डारलाई बढाउन सक्दछन् । यसका साथै युवाहरुको फुर्सदको समयलाई सदुप्रयोग गर्ने गतिलो माध्यम विभिन्न पुस्तक पसल, पुस्तकालयहरु हुन । जहाँ आफ्नो रुचि अनुसारका पुस्तक, पत्रपत्रिकाहरु अध्ययन गर्न सकिन्छ । यसमा पनि अमेरिकी राजदुताबास र इलाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन भएको अमेरिकन कर्नर, इलाम उत्तम विकल्प हुन सक्छ । जहाँ स्कूल, कलेजका विद्यार्थीले रु.१६०मा र अन्यले रु.३६०मा वार्षिक सदस्यता लिन सक्न्ु हुनेछ । हामी युवाहरु सूचना प्रविधिमा रुची राख्ने भएको ले महेन्द्र रत्न बहुमुखि क्याम्पस, मानव अधिकार मञ्च लगायत संघ÷संस्था, विद्यालय, कलेज भन्दा यो पुस्तकालय उत्तम छ । जहाँ करिव १५०० भन्दा बढि पुस्तकहरुको भण्डार रहेको छ । साथै यहाँ रहेको इन्टरनेट र अनलाईन डाटाबेस (अनलाईन श्रोत) को माध्यमले आफ्नो रुचि अनुसार अध्ययन, अनुसन्धान र वौधिक विकास गर्न सक्नु हुनेछ । पंक्तिकारको विचारमा यो कर्नर, शिक्षा संकाय, विज्ञान संकाय र अंगे्रजी विषय लिइ अध्ययन गरेका युवा साथीहरुको लागि बहुउपयोगी छ । यसका साथै जिम्याट, टोफेल, आयल्स आदि तयारी गरि उच्च शिक्षाको अध्ययनको लागि बाहिर देश जान तयारी गरि रहनु भएका युवाहरुको लागि यो बहुउपयोगि सिद्ध हुनेछ । विशेषतः अमेरिकामा अध्ययन गर्न जानेहरुको लागि त यो कर्नरले अवाश्यक जानकारी तथा सूचना प्राप्त गर्न सहयोग गर्दछ । साथै सूचना प्रविधि, फोटोग्राफी, इतिहास, भूगोल, वाणिज्य आदि विषय अध्ययन गर्ने र गर्दै गरेका लागि पनि कर्नरम विभिन्न उपयोगी पुस्तकहरु रहेका छन् । साथै बालबालिका र विद्यालयमा अध्ययन गरि रहेका भाइ–बहिनीहरुको लागि पनि यो उपयुक्त रहेको छ। हाल, यो कर्नरमा किशोर–किशोरी, युवा तथा वयस्क भन्दा विद्यालय स्तरका बाल–बालिकहरुको सहभागिता बढि छ । यो कर्नरलाई हामी युवा वर्गले अझ बढि प्रयोग गरिनु आवशयक छ । कर्नरको विषयमा यति धेरै कुरा गर्दा तपाईमा यो कहिले,कहाँ र कुन समयमा खुल्छ होला भन्ने जिज्ञासा जागे होलान् । जसको उत्तर यस्ता छन्, यो कर्नर वि.सं. २०६८ कार्तिक १५ गते स्थापना भएको हो । यो चोक बजार छेउमा रहेको ट्याक्सी स्टयाण्डसँगै रहेको उद्योग वाणिज्य संघको (घण्टा घरको पछाडि) भनवको पहिलो तलामा रहेको छ । यो सोमबार देखि शुक्रबार सम्म बिहान ९ः४५ बजे देखि साझ ५ः०० बजे सम्म र शनिबार बिहान ९ः४५ देखि ३ः०० बजे सम्म खुल्दछ । आइतबार भने बन्द रहन्छ । यो कर्नरमा श्रव्य–दृष्य, इन्टरनेट(वाइफाइ), प्रिन्ट–फोटोकपी आदि सेवा समेत उपलब्ध छन् । सुविधा सम्पन्न यो पुस्ताकलय युवाहरुलाई आफ्नो फुर्सदको समय सदुपयोग गर्ने उत्तम विकल्प हुन सक्दछ । पुस्तकालयको समयावधिमा बैठक लगायतका अन्य गतिविधिहरु नगरी यसलाई नितान्त पुस्तकालयको रुपमा प्रयोग गर्ने वातावरण मिलाइ दिन सञ्चालक समितिलाई यसै लेख मार्फत अनुरोध गर्दछु ।
साथै विभिन्न समयमा विभिन्न कार्यालय, संघ÷संस्थाहरुले आयोजना गर्ने तालिम, गोष्ठी लगायतका कार्यक्रमा सहभागी भई आफ्नो समयको सदुपयोग गर्न सकिन्छ । यसका साथै युवा स्वरोजगार कार्यक्रम अन्तर्गत विभिन्न उद्योगहरु सञ्चलान गरी आय आर्जनका क्रियाकलापहरुमा सहभागि बन्न सकिन्छ । स्वरोजगार सम्बन्धि जानकारी र परामर्शको लागि इलाम उद्योग वाणिज्य संघको भवनमा रहेको युवा स्वरोजगारको कार्यालयमा सम्पर्क राख्न सकिन्छ । यसका साथै इलाम जिल्ला वा नगर क्षेत्र आसपास सञ्चलान हुने अन्य रचनात्मक तथा सिर्जनशील गतिविधिमा आफूलाई पनि सहभागि गराई आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्न सकिन्छ । जीवन उपयोगी सीप, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा लगायतका युवासँग सम्बन्धित प्रश्न तथा जिज्ञासाका लागि ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रम (रेडियो नेपालमा हरेक शनिवार दिउसो ३ः१५ बजे देखि ४ः०० बजे सम्म), ‘खुलदुली डक कम’ (आरम्भ एफ.एममा हरेक रात १०ः१० देखि ११ः०० बजे) लगायतका स्थानीय एफ.एमहरुका कार्यक्रमहरु सुन्न सक्नु हुनेछ । यसका अलवा विभिन्न पत्रपत्रिका र इन्टरनेटमार्फत साथै जिल्ला अस्पतालमा रहेको परामर्श केन्द्र, युवा सूचना केन्द्रहरुमा पनि सम्पर्क गरेर आफ्नो जिज्ञासा तथा प्रश्नहरुको सहि जवाफ तथा सूचनाहरु लिन सक्नु हुनेछ ।
आफ्नो जोस, जागर, ज्ञान÷सीपको सकारात्मक प्रयोग गरी समाज र राष्ट्र निर्माणको बाटोमा लागि परौं । आफ्नो सीप, ज्ञान र उर्जाको सकारात्मक प्रयोग गरी समग्र युवाको स्वच्छ छवि निर्माणमा उत्पे्ररक बनौं । पूर्वकी रानी भनि चिनिएको इलामका युवाहरु पनि आफ्नो जिल्लाको छविलाई नबिगारी जिल्लाको विकास र प्रगतिका लागि आफूलाई साझेदारको रुपमा प्रस्तुत हुने बाचा गरौं । जय देश !
This article was published on Sandakpur daily (21 August 2014)
(http://www.sandakpuronline.com/news/thoughts/2014-08-21/2208.html)

Tourism Attraction of Ilam

Ilam is greenery hill station of eastern Nepal. It is an emerging tourism sector of Nepal. Ilam is renowned for cash crops production. It covers an area of 1703 KM2 with elevation range from 140 M to 3636 M. It is also called Charkhola means land of four rivers because of the four rivers i.e. Mai, Jogmai, Puwamai and Deumai rivers. It is famous for tea. It has unique features of landscape, culture, society, geographic and biologic. Lapcha, Rai, Limbu, Newar, Gurung, Tamang etc are ethinic groups around Ilam. Ilam is only home of Lapcha community in Nepal. 295,824 live in Ilam district. Ilam also has oldest tea garden (1883) and factory (1886) of Nepal. Ilam municipality is district and Zonal headquarter of Ilam and Mechi respectively.

Ilam has different tourism products like trekking, hiking, white water swimming, Sunrise/Sunset, cash crops production, tea plantation/garden/production, ponds, waterfalls, ethnic culture especially Lapcha etc. People can reach Ilam via road transportation and partial air transportation (Up to Chandragadi). Night Buses (Deluxe and AC) are available from Kathmandu to Ilam (17 hrs). People can reach Birtamode from other places of Nepal by road transportation and change jeeps or mini buses from Birtamode to Ilam (3 hrs).

In Ilam, there are different restaurant, hotel, lodge and guest for restful nights and yummy foods. These days accommodation services are improving. Green View, Danfe, Sungava, Sunrise, Sonam, Chiyabari cottage etc are well known hotel/lodge/ guesthouse around Ilam. Ilameli restaurants/hotels can serve local, Indian, Continentals food items and Ilam tea as per guests order. Visitors/tourists can buy Lalipop, Bambaisan, Churpi (hard cheese), organic & Orthodox tea (Green, black etc), cardamom, Kiwi fruit, Broom sticks, handmade cloths/hankie etc as souvenirs.

Touristic destination:

Ilam Bazaar: Ilam bazaar was established as a district headquarters in 1818. Tea garden was planted in 1883 and a tea factory was established in 1886. Tea garden, Chow bazaar, Clock tower, View tower, Bhalu Dunga (small cave) temples (like Maisithan, Narayansithan, Singabahini, Bhimsensithan, Setidevi etc), rivers (Puwa and Mai), Hydropower production houses, parks, Sunset point etc are place to visit around Ilam bazaar. Ilam bazaar lies at 1248 M from sea level.

Shree Antu: Shree Antu is famous for Sunrise and sunset. Antu danda lies at 1823 M from sea level. Beside sunrise and sunset, Shree Antu is famous for Lapcha settlement, tea production, Mechi River, orchids, herbal garden, Mountain View, home stays etc. Shree Antu is 14 KM far from Fikkal bazaar.

Fikkal/Kanyam: Fikkal is pass way to the boarder of Nepal & India (Pashupatinagar) & major commercial spot of Ilam. Around Fikkal, there is Lapcha community too. Kanyam is famous for tea garden, sunrise and picnic spots. In good weather, you can find breath taking Mountain View from Kanyam. Fikkal is 44 KM and Kanyam is 46 KM far from Ilam Bazaar.

Siddhithumka: Siddhithumka is famous for sunrise/sunset and Mountain views too. It is also following concept of home stays. Phankhelung waterfall, Khandrung Cave, Ajambare danda etc are touristic sites of Siddhithumka. It is 11 KM far from Ilam bazaar. It takes 3 hrs to reach there on foot.

Mai Pokhari: Mai pokhari is famous and holly pond of Ilam. It is 14 KM from Ilam Bazaar and takes 4 hrs to reach there. The pond has 9 corners. Around the pond, different kind flora and fauna are available. Mai Pokhari is rich in biodiversity too.

Sandakpur: Way to Sandakpur is a renowned trekking route of Ilam. It is highest peak of Ilam (3636 M). It is famous for Sunrise/sunset, breath taking mountain views, different kinds of Rhododendrons, flora & fauna etc. Trekking towards Sandakpur starts from Khorsanetar or Gorhuwale. It takes 3 hours drive to Khorsanetar from Ilam bazaar and overnight stay at Khorsanetar. Next early morning walk towards Sandakpur form there. It takes 6 hrs to reach the peak. Trekk up to the peak is great experience and fun.

Chhintapu: Trekking of Chhintapu is another great experience around Ilam. Route of Chhintapu goes through Gorhuwale. It is also famous for flora & fauna, different kinds of Rhododendrons, Mountain views etc. You can to Sandakpur through Chhintapu too.

Todke Jharna, Choyatar, Patenagi, Nayabazaar, Jogmai, Mangalbare etc are other excellent touristic destination around Ilam. Gajurmukhi, Pathibhara etc are known for religious sites. Especially, Choyatar is famous for Red Panda conservation & Todke Jharna is tallest waterfall around Ilam. People speak Nepal, hindi and their native language. They also understand English language. There are many commercial banks with ATMs services around Ilam and Fikkal bazaar. There are 3 Private and government hospitals around Ilam. There are facilities of communication like mobiles, phone, FM, internet, post office etc. There are regular jeep services towards the touristic destinations. With these touristic destinations and facilities, travel of Ilam hill station is great experience and fun.